काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।
राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् ।
होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए। उनका अनुसार राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद गरेकाे थियाे । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएकाे हो ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
ससुराली पुगेर पत्नीको हत्या गरी आत्महत्या गरे
प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
सुनको भाउ ३ लाख माथि नाघ्यो
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि