काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन् ।
राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् ।
होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए। उनका अनुसार राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
मापसे गरेर रेस्टुरेन्ट अगाडि आपसमा विवाद गरेकाे थियाे । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएकाे हो ।



सम्वन्धित समाचार
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
रविलाई गुन लगाएका न्यायाधीशलाई विशेष अदालतको जिम्मा
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
ससुराली पुगेर पत्नीको हत्या गरी आत्महत्या गरे