काठमाडौं । काठमाडौंको सीतापाइलामा हत्या गरेको अवस्थामा छोरीसहित भेटिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।
आज बिहान ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया छोरी शिवानीको शव कोठामा भेटिएको छ । बुवा राजु घिमिरे (सुनार) भने नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
आमा र दुई छोरीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक आशंका गरेको छ ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
ससुराली पुगेर पत्नीको हत्या गरी आत्महत्या गरे
प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
सुनको भाउ ३ लाख माथि नाघ्यो
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि