बाजुराकी १७ वर्षीय रेजिना बलात्कार हत्या प्रकरण : पिडक बचाउन जनप्रतिनिधि देखि प्रहरी प्रशासन सक्रिय



मिन बहादुर खड्का काठमाडौं : बाजुराकी १७ वर्षीय रेजिना नेपालीको बलात्कार पछि हत्या भएको तर आफुहरुले न्याय माग्दा सम्बन्धित निकायले थप पीडा माथी पीडा थप्ने काम गरेको भन्दै मृतक रेजिनाका आफन्त यतिबेला संघीय राजधानी काठमाडौं आइपुगेका छन् । छोरीको न्यायका लागि काठमाडौं पुगेका उनीहरुले एकीकृत दलित मोर्चा नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बलात्कार पछि हत्या भएको मृतक रेजिनाका बुवा बुधे सनाईले दाबी गरेका छन् ।

शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन् ।

सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको बताउँदै भने,“मलाई मेरो गाउँघरमा न्यायका लागि साथदिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्याय बाहेक अरु केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।”

घटना लुकाउन वडा अध्यक्ष देखि राजनीति दल प्रहरी प्रशासन सक्रिय भएर लागेको मृतक रेजिनाका ठुला बुवा सुरेन्द्र नेपालीले पत्रकार सम्मेलनमा बताएका छन् । उनले २ नम्बर वडाको अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलत्कारपछि हत्या गरेको दाबि गरे । घटना भएको पुष १ गते राती ८ बजे मृतक रेजिनाको घरनजिकै प्रतिबादी रावतलाई भेटेको बताउँदै भने “मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरुमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिबादी घटनास्थलमा देखिनु कुनै संयोग हुनसक्दैन ।”

रेजिना बलात्कार पछि हत्या प्रकरण बारे संघर्षका कार्यक्रम घोषणा गर्न एकीकृत दलित मोर्चा नेपालले पत्रकार सम्मेलनको आयोजना गरेको हो । पत्रकार सम्मेलन मार्फत संघर्षका कार्यक्रम समेत घोषणा गरिएको छ । घटना बारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने, राजधानीमा बिरोध प्रदर्शनका कार्यक्रम गर्ने, पीडित परिवारलाई उचित क्षेतीपुर्तीको माग गर्ने गरि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको एकीकृत दलित मोर्चा नेपालका केन्द्रिय संयोजक दर्शन नेपालीले बताएका छन् । १७ वर्षीय बालिकाको बलात्कार पछि हत्या हुँदा समेत प्रहरी प्रशासनले पीडित माथी झन पिडा थप्ने गरि जालसाजी पुर्ण षड्यन्त्र गरेकोले प्रहरी प्रमुख र प्रहरी निरीक्षकलाई निलम्बन गर्नुपर्ने आफुहरुको माग गरेको पनि उनको भनाई छ । पीडितले न्याय नपाएसम्म देशभरका दलित अधिकारकर्मीहरु जस्तोसुकै मुल्य चुकाउन पनि बाध्य हुने उनको चेतावनी छ । १७ वर्षीय बालिका रेजिना नेपालीको बलात्कार पछि हत्या भएको घटना केही दिन अगाडी मात्रै सार्वजनिक भयो । जुन घटनाले अहिले चर्को रुप लिएको छ। देशभरका दलित अधिकारकर्मीहरुको चाँसो बिषय यो घटना बनेको छ ।

मृतक रेजिनाका आफन्तका अनुसार गत मंसिर २९ गते गाउँकै रेजिनाकि दिदि नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेको जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जेसी नेपाली, बिनिता नेपाली र कविता नेपाली चार जना बिपनालाई घरदेखी पर सम्म छोड्ने गएका थिए। सोही दिन राती निज अर्जुन रावतले रेजिनालाई बलात्कार गरेको र त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुड्याएको आरोप छ ।

छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जादा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए ।पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक जेजिनाका ठुला बुवा सुरेन्द्र नेपालीले बताएका छन् । प्रहरीले आफुले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन् ।प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोष्टमाटम रिपोर्टमा समेत आफुहरुको असन्तुष्टि रहेको उनको जिकिर छ ।

पोष्टमातम रिपोर्टमा समेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफुहरुको बुझाई रहेको उनले बताएका छन् । । निज आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासन देखी लिव्र राजनीति दलका नेताहरु नै सक्रिय देखिएको आफुहरुको ठम्याई रहेको नेपालीले बताएका छन् ।

निज आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासन देखी लिव्र राजनीति दलका नेताहरु नै सक्रिय देखिएको आफुहरुको ठम्याई रहेको पीडित परिवार श्रोतको दाबी छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने पहिला एउटा जाहेरी लिएर आएको र पछि अर्को जाहेरी दर्ता गर्न खोजेको सुरुवाती देखि नै दाबी गर्दै आएको छ । प्रहरी माथी लगाइएका आरोपहरु प्रहरी स्विकार्न तयार छैन । आफुहरु माथी लगाइएका आरोपहरु मिथ्या रहेको पनि प्रहरीको दाबी छ । तर पीडित पक्षले भने प्रहरीकै कारण आफुहरुले दर्ता गर्न चाहेको जाहेरी दर्ता गर्न नपाएको गुनासो शुक्रवार काठमाडौंको सम्बाद दबलीमा आयोजित पत्रकार सम्मेलनमा दाबी गरेको छ । प्रहरीले नै जाहेरी जबरजस्त सच्याउन लगाएको र नसच्याएसम्म जाहेरी नै लिन नमानेको मृतकाका बुवा बुधे सनाईले पत्रकार सम्मेलनमा बताएका छन् ।

मृतक बालिका रेजिना हत्या प्रकरण देशभरका दलित अधिकारकर्मीहरु र दलित निकट संघ संगठनको चाँसोको बिषय बन्यो । देशभरका दलित अधिकारकर्मी सहित न्यायका पक्षधरहरुले मृतक रेजिनाले न्याय पाउनुपर्ने आवाज उठाइरहेका छन् । देशभरबाट न्यायको पक्षमा आवाजहरु उठिरहेका छन् । रेजिनाको न्यायका लागि देशभरका दलित अधिकारकर्मीरु एक ढिक्का भएर जस्तोसुकै मुल्य चुकाउन पनि बाध्य हुने एकीकृत दलित मोर्चा नेपालका केन्द्रिय संयोजक दर्शन नेपालीले बताएका छन् । यो घटनाको बिषयलाई लिएर देशभरका दलित अधिकारकर्मी, दलित निकट संघ संगठनहरुले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

बाजुरा प्रहरी प्रशासनको यो किसिमको मनोमानी युवाहरूका लागि शैय नभएको भन्दै मृतक बालिकाको न्यायका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा, जिल्ला प्रशासन कार्यालय, अन्य सरोकारवाला निकाय देखि लिए गृहमन्त्री समेतको यतिबेला बाजुराका युवाहरुले गराइरहेका छन् । राष्ट्रसेवक नेपाल प्रहरीको बर्दी लागाएर राजनीति दलको निर्देशन भन्दा माथि उठ्न नसक्ने भए तत्काल राजिनामा दिएर जिल्ला छोड्न दबाब समेत दिइरहेका छन् ।

बाजुरा प्रहरी प्रशासनले न्यायका लागी जिल्ला प्रहरी कार्यालय पुगेका पीडितको समयमा उजुरी नलिने, नेताहरुले जाहेरी दर्ता नगर्न भनेका छन् भनेर पीडितलाई घर पठाउने कार्य पटकपटक दोहो¥याईरहेको छ । पटकपटक जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी निरीक्षक, लगायतको चर्को आलोचना भैइनैरहन्छ ।

यतिबेला यो घटना देशव्यापी नै बनेको छ । देशभरका दलित अधिकारकर्मीको चाँसोको बिषय बनेको छ । रेजिनाको न्यायका लागी देशव्यापेव रूपमा आवाज उठिरहेका छन् । यस अघि पनि एक महिलाको बलात्कारको घटना देश व्यापी नै बनेको थियो । उक्त घटनालाई उल्टाउनु,घटना छुपाउन, र पिडकलाई संरक्षण गर्ने उदेश्यले षड्यन्त्र सहित झुटो मुद्धा दर्ता गराएको त्यसमा प्रहरीको समेर्त संलग्नता रहेको भन्दै प्रहरी प्रशासनको व्यापक आलोचना यस अघि पनि भएको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कविन्द्र सिंह बोहरा सहित प्रहरी निरीक्षक किशोर सिंह एरीलाई जिल्ला छोड्न सम्मको दबाब देश भरका दलित अधिकारकर्मीहरुले दिएका थिए ।

दलित अधिकार कर्मीहरुको आरोप छ । न्यायका लागि जिल्ला प्रहरी कार्यालय सम्म पुगेका श्रीमान उनका देवर र अन्य दुई जनालाई कारागार चलान गरेको थियो । झुटो मुद्धामा अहिले पनि दलित समुदायका चार जना कारागार जीवन बिताइरहेका छन् ।

के भएको थियो त ? घटना यो पनि पढ्नुहोस: 

बाजुरामा १७ वर्षीया बालिका रेजिनाको बलात्कारपछि हत्या, प्रहरीले ३२ दिनसम्म लिएन जाहेरी

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.