बाजुरामा १७ वर्षीया बालिका रेजिनाको बलात्कारपछि हत्या, प्रहरीले ३२ दिनसम्म लिएन जाहेरी



मिन बहादुर खड्का

काठमाडौं  –बुढीगंगा नगरपालिका १ डुंग्रीका बुधे सनाईकी १७ वर्षीय छोरी गत पुस २ गते बिहान आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिइन् । सनाईको दम्पती रोजगारीको शिलशिलामा भारत गएका थिए। भारत गएको १२ दिन मात्रै भएको थियो । घरमा एक १४ वर्षीय छोरा राकेश नेपाली र १७ वर्षीय छोरी रेजिना मात्रै बस्थे। सनाईको दम्पती भारत गएर भरखर काम गर्न थालेका थिए । तर गत पुस २ गते एकाबिहानै छोरी रेजिना घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएको घरबाट उनको कानमा खबर पर्यो।

उनी हाँगाबाट खसे जस्तै भए। नेपालीले आफ्नो एउटी मात्रै छोरी गुमाएको खबर पछि श्रीमती सहित घर फर्किए । कारणबारे भने उनलाई केही थाहा थिएन । घर आएर घटनाबारे बुझे । घटनाबारे बुझ्दा एक जना गाडी चालकले नै छोरीको बलात्कार पछि हत्या गरेर झुन्ड्याइएको हल्ला छिमेकीबाट सुने । गाउँभरी गाडी चालकले नै पहिला बलात्कार गरेको र त्यसपछि हत्या गरेर झुड्याइएको हल्ला मच्चिएको थियो । यो कुरा मृतक रेजिनाका बुवालाई समेत छिमेकीहरुले सुनाए ।

मृतक रेजिनाका आफन्तका अनुसार गत मंसिर २९ गते गाउँकै दिदि नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने कुरा रेजीना लगायत उनका साथिहरुलाई सुनाईन् । आफुलाई पुर्याउन अनिवार्य जानुपर्ने अनुरोध बिपनाले गरेकी थिइन् । तर मृतक रेजिनाले घरमा भाई एक्लै भएकाले आफू नजाने भनिन् । तर उनका साथीहरूले मानेनन् । त्यसपछि मृतक रेजिना नेपाली, जेसी नेपाली, बिनिता नेपाली र कविता नेपाली चार जना बिपनालाई घरदेखी पर सम्म छोड्ने योजना सहित घरबाट निस्किएकी थिइन् ।

तर अलि अगाडि गईसकेपछी उनीहरुलाई पनि दुलाहको गाउँ सम्मै लिने सल्लाह भयो। उनीहरुले नजाने भनेका थिए। तर बिवाहका लागि बुक गरेको गाडी चालक अर्जुन रावतले नै फर्किदा ल्याएर घरमै पुर्याईदिने भनेपछि अन्ततः उनीहरु जान मन्जुर भए । तर फर्किदा अन्य तीन जना किशोरीलाई गाडी भित्रै राखेर मृतक रेजिनलाई सडक भन्दा तल लगेर बलात्कार गरेको पारिवारिक श्रोतको दाबी छ ।

पीडितका आफन्तका अनुसार दुलाह दुलही छोड्न गएको राती बलात्कार गरेका रावतकै हातमा रेजिनाको सौल छुटेको थियो । त्यसपछि फेरि पुस १ गते राती रेजिना एकलै घरमा भएको मौका छोपी घरमै आएर बलात्कार गरेको र बलात्कार पछि छोरीको हत्या गरेर झुड्याइएको मृतक रेजिनामा बुवा बुधे सुनारले बताएका छन् ।

छोरीको आश्चर्यजनक मृतको खबर पछी भारतबाट घर फर्केका सानाईले सुनाए अनुसार खप्तड छेडेदह गाउँपालिका वडा न . ७ का ४५ बर्षीय गाडी चालक अर्जुन रावतले नै आफ्नो छोरीलाई मारेको भन्दै उनले पोष्टमाटमका लागि शव मार्तडी लिएकै बेला नै जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी लिएर गत पुस चार गते नै पुगेका थिए । तर प्रहरीले लिन मानेनन् । पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता हुन्छ भने, चार दिन जिल्ला प्रहरी कार्यालय पुगेर हामी फर्कियौ, जिल्ला प्रहरी कार्यालय जाँदा उहाँहरु भन्नुहुन्थ्यो रिपोर्ट आएको छैन, अहिले जाहेरी दर्ता हुँदैन भन्थे रेजीनाका बुवाले भने

जाहेरी दर्ता गर्न प्रहरीको अटेरी, घटनाको ३२ दिनपछि मात्रै प्रहरीले जाहेरी दर्ता  

छोरीलाई सुरुमा बलात्कार गरेको र त्यसपछि थाहा पाउन्छन् भन्दै मारेर झुण्ड्याइएको मृतकका परिवारको आरोप छ । बलात्कार पछि हत्या गरेर झुन्ड्याएको भन्दै न्यायका लागि जाहेरी लिएर प्रहरी गुहार्दा उनलाई पटकपटक प्रहरीद्वारा घर फर्काइयो । प्रहरीले नै पोष्ट माटम रिपोर्ट नआएसम्म जाहेरी दर्ता नगर्ने अडान लिईरहे अन्ततः गत माघ ५ गते घटनाको ३२ दिनपछि मात्रै उनको जाहेरी दर्ता भयो । पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालयले पीडितले दर्ता गर्न चाहे अनुसारको जाहेरी दर्ता गर्न भने मानेन ।

पोष्टमाटम रिपोर्ट मृतक रेजिनाले आफैले आत्महत्या गरेको भनेर आएको प्रतिक्रिया प्रहरीले पीडित परिवारलाई सुनाए । ‘हामीले पुष चार गते नै जाहेरी दिने तयारी गरेका थियौँ, प्रहरीले बिना प्रमाण कसरी जाहेरी दर्ता हुन्छ, अहिले गर्न मिल्दैन भने, पोष्ट मातम रिपोर्ट आउन दिनुस अनि मात्रै दर्ता हुन्छ भने, लास बुज्दैनौ भन्दा जाहेरी जहिले पनि दर्ता गर्न पाउन्छ भने त्यत्तिकै सव राखेर के गर्नुहुन्छ ? भने अनि हामीले सव बुझ्यौ, मृतकका आफन्त काका नाता लाग्ने सुरेन्द्र नेपालीले भने ‘

प्रहरीले नै दिएको थियो बलात्कार पछि हत्या सम्बन्धि जाहेरी जबरजस्त सच्याउन दबाब  ! 

मृततका बुवा बुधे सनाई भन्छन् , छोरीको मृत्युको खबर सुनेको दिन देखि नै होस् उडे जस्तै भयो,जसले जे भने त्यहीँ सहि लाग्न लाग्यो, यस्तो होला भन्ने थाहा नै थिएन, एक महिना पछि बल्ल जाहेरी दर्ता भयो, आफुलाई कानुन सम्बन्धि केही जानकारी छैन, आफू अनपढ मान्छे, त्यसैमा दलित अगाडी बोल्दिने मान्छे कोही छैनन्, म दिल्लीको नौकरि गरेर छोराछोरी पाल्ने मान्छे हु, तर यस्तो होला भन्ने मलाई के थाहा ? अहिले बुझ्दै जाँदा त प्रहरीले नै हामिलाई झुक्याएका रहेछन् मृतक रेजिनाका बुवाले आफ्नो दुखेसो सुनाए।

‘हामीले बलात्कार पछि हत्या गरेको भनेर जाहेरी दर्ता गर्न खोजेका थियौँ, तर प्रहरीले पोष्टमाटवमा आफैले आत्महत्या गरेको भन्ने देखियो भनेर भने, प्रहरीले नै अब यस्तो जाहेरी दर्ता हुँदैन भने, बरु आत्महत्या दुरुत्साहनमा जाहेरी दिन मिल्छ सच्याएर आँउनुस अनि मात्रै दर्ता हुन्छ’ भने मृतक रेजिनाका काका नाता पर्ने सुरेश नेपालीले भने उनका अनुसार प्रहरीले आफुले गर्न खोजेको जाहेरी नै लिएनन् ।

सुरुवाती देखि दिन खोजेको जाहेरी नलिई अर्को जाहेरी प्रहरीले नै लेख्न लगाएको खुलेको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले पोष्टमाटम रिपोर्टमा उनी आफैले आत्महत्या गरेको रिपोर्ट आएपछि आत्महत्या दुरुत्साहनमा जाहेरी दिन लगाएको बताएका छन् । आरोपित अर्जुन रावत फरार रहेकाले उनको खोजी कार्य भैरहेको प्रहरीको भनाई छ ।

पोष्टमाटम रिपोर्ट नआएसम्म जाहेरी लिन नमानेको कुरा उनले स्वीकार गरेका छन् । प्रहरी निरीक्षक भण्डारीले भने, ‘पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्छौं भनेर पर्खाएका हौँ,उहाँहरुले बलात्कार पछि मारेर झुण्ड्याएको भनेर जाहेरी दर्ता गर्न खोज्नु भएको थियो तर पोष्टमाटम रिपोर्ट अनुसार आफै आत्महत्या गरेको रिपोर्ट आएपछि आत्महत्या दुरुत्साहानमा लगेका हौँ ।’

तर यता पीडित पक्षले भने सुरुवाती देखि नै जाहेरी लिन नमानेको जिल्ला प्रहरी कार्यालयले जाहेरी सच्याएपछि मात्रै दर्ता गरेको आरोप प्रहरी माथी लगाएका छन् । बलात्कार पछि हत्या भएको भन्ने कुरा नसच्याए सम्म जाहेरी दर्ता गर्न नमानेको मृतक रेजिनाका दाई मदन नेपालीले बताएका छन् । प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोष्टमाटम रिपोर्टमा समेत आफुहरुको असन्तुष्टि रहेको उनको जिकिर छ ।

पोष्टमाटम रिपोर्टमा समेत पीडित पक्षको असन्तुष्टि,प्रहरीनै अभियुक्त संरक्षण गर्न खोज्दै  
उनले भने, ‘झुन्डिएको अवस्थामा मृत भेटिएकी बहिनी रेजिनाको शरीरको पछाडीको भागमा माटो लागेको थियो, कपालहरु घुट्लिएको थियो, योनीबाट रगत बगेको प्रष्ट देखिन्थ्यो? संबेदनसिल अङ्गहरु सुनिएका थिए, तर पोष्टमाटम रिपोर्टमा कसरी उनले आफैले आत्महत्या गरेको हो भनेर आयो? कस्तो पोष्ट्माटम गरेका हुन् ? पोष्टमाटम रिपोर्टमा समेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको हाम्रो बुझाई छ ।’चार गते देखि नै जाहेरी दर्ता गराउन खोज्दा जाहेरी लिन नमान्नु,पोष्ट माटम रिपोर्ट समेत उनले आफैले आत्महत्या गरेकी हुन् भनेर रिपोर्ट आउनुको पछाडी आरोपित अर्जुन रावतलाई बचाउनका लागी गरिएको षड्यन्त्र हो भन्ने आफुहरुको बुझाई रहेको उनको भनाई छ ।

प्रहरीले नै पहिला दर्ता गर्न खोजेको जाहेरी लिन नमानेर जाहेरी सच्याएपछी मात्रै लिन्छौं भन्नुको पछाडी थप शंका लागेको उनको भनाई छ । निज आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासन देखी तिव्र राजनीति दलका नेताहरु नै सक्रिय देखिएको आफुहरुको ठम्याई रहेको नेपालीले बताएका छन् । राजनीति दलका नेताहरुले नै प्रहरीलाई दबाब दिएर जाहेरी लिन नमानेको पीडित परिवारको आरोप छ ।

आरोपित अर्जुन रावत नेकपा एमालेका कार्यकर्ता हुन् । यस अघि पनि उनी विभिन्न घटनामा मुछिदै आएका थिए । अपराधिक पृष्ठभुमिका रावत यस अघि नाबालकलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा बसिसकेका व्यक्ति हुन् । यता प्रहरीले सुरुवाती देखि घटनाबारे चाँसो नदेखाएको भन्दै आइतबार पीडित परिवारले जिल्ला दलित नेट्वोर्कको कार्यालयमा पुगेर घटनाबारे जानकारी गराएको छ ।

यता जिल्ला दलित नेट्वोर्क बाजुराका जिल्ला सचिब रमेश विकले समेत प्रहरीले घटना छुपाउन सक्रिय भुमिका खेलेको आरोप लगाएका छन् । प्रहरीले एक दलित समुदायको कानुन बारे जानकारी नभएका मृतकका बुवाको सोझो पनको फाईदा उठाएर जाहेरी परिवर्तन गरेर मात्रै दर्ता गरेको प्रति सम्पुर्ण दलित अधिकारकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् ।

यस्तो छ घटनाको नालिबेली  : के भएको थियो त ?
यता प्रत्यक्षदर्शी मृतक रेजिनासंगै दुलाह दुलहीलाई छोड्न गएकी रेजिनाकी साथी जेसी नेपालीलाई बुझ्दा उनले पनि निज अर्जुन रावतले नै बलात्कार पछि हत्या गरेको बताएकी छन् । मंसिर २९ गते मेरो गाउँकै दिदिले बिपना नेपालीले बिवाह जाने भनिन् ।’हामी त जान तयार भयौं तर मृतक रेजिनाको घरमा उनको भाई एक्लै थिए। तर साथीहरूले नमानेपछि ऊनी भाईलाई एक्लै छोडेर भागेर बिवाह गरेर गएकी बिपना सनाईलाई छोड्न हामी सबै गयौं। आधी बाटो सम्म मात्रै जाने हाम्रो योजना थियो । साथमा म र मेरा साथिहरु बिनिता नेपाली कविता नेपाली, र रेजिना नेपाली दुलाह दुलहीलाई पुर्याउन गएका थियौं । हामिलाई पुर्याउन जानुपर्छ भनिन् । हामीले जाँदैनौ भन्दा पनि जानैपर्छ भनेर कर गरे रेजिनाले त म भाईलाई छोडेर जाँदैन भनेकी थिइन्, तर मानेनन्,’

उनका अनुसार दुलाह दुलहीका लागि खप्तड छेडेदह गाउँपालिका ७ का अर्जुन रावत गाडी चालक रहेको से १ ज ११८८ नम्बरको गाडी बुक गरिएको थियो । दुलहीलाई आधी बाटो सम्म छोड्न गएका चार जना किशोरीहरुलाई समेत दुलाहको घर सुढाणा सम्मै लगिएको थियो । गाडी चालकले म पछि फिर्ता आउँदा घरमै पुर्याईदिन्छु भनेपछि उनिहरु दुलही पुर्याउन गएकी चार जना किशोरी समेत दुलाहको गाउँ सम्म छोड्न पुगेकी थिइन् । पोईले घरमा दुलाह दुलहीलाई गाउँ छोडेर फर्किएपछि राति करिब २ बजेको समयमा फर्किदै गर्दा निज गाडी चालक अर्जुन रावतले ती चार जना किशोरीहरुलाई सामुहिक टर्चर दिन थाले ।

अशलिन शब्द प्रयोग गर्ने, ती किशोरीहरुको शरीरको संबेदनसिल अङ्गहरु छुने लगायतका हर्कत निज अर्जुन रावतले देखाउन थाले । बुढीगंगा नगरपालिका वडा न . १ को बिसौना भन्ने ठाउँमा गाडी रोकेका थिए। त्यसपछि उनले अन्य तीन जना किशोरीहरुलाई गाडीमै राखेर निज गाडी चालक अर्जुन रावतले मृतक रेजिनालाई रोड भन्दा तल लगे । त्यसपछि उनी करिब २५ मिनेट पछि फर्किए । फर्किसकेपछी मृतक रेजीना नेपाली र बिनिता नेपालीलाई पछाडी बसाए त्यसपछि अगाडि बसिरहेकी जेसी नेपाली र बिनिता नेपालीलाई समेत हातपात गरेका थिए। उनीहरुको संबेदनसिल अङ्ग छुने, तिमीहरूलाई घर जान दिदैन अब बल्दे लग्छु भन्न थाले ।

मृतक रेजिनाकी साथी जेसी नेपालीले फर्किदै गर्दाको घटनाबारे सुनाउदै भनिन् , ‘फर्किदा ड्राइभरले जे मन लाग्यो त्यहीँ बोल्ने गर्थे, रेजिनालाई लगेर आधा घण्टा सम्म कहाँ गए थाहै भएन, झण्डै आधी घण्टा पछि मात्रै फर्किए, हाम्रो संबेदनसिल अङ्ग छ्न्थे, बजार लिन्छु भने, हामीले जाँदैनौ भन्दा जबर्जस्त जानैपर्छ घर जान पाउदैनौ भने’

‘अगाडी कविता र म बसिरहेका थियौँ, मलाई म छोड्दैन बल्दे लग्छु भनेर मलाई समाए, मेरो संबेदनसिल अङ्ग छोएर गाडी भित्रै जबरजस्ती करणी गर्न खोजे, मैले चिच्याउदै पछाडि बसिरहेकी मृतक रेजीना र बिनितालाई चिच्याउदै ढोका खोल्न आग्रह गरे,उनले गाडीको भित्रबाट लक गरिएको थियो, मृतक रेजिना र बिनिता पछाडिबाट आएर अगाडीको सिटको ढोका खोलेर म र कवितालाई बाहिर निकालिन म बाहिर आएर हामी भाग्यौ’

‘त्यहीँ क्रममा निज अर्जुन रावतले मृतक रेजिनाको हात समाएर हातपात समेत गरे, उनी पनि भाग्न सफल भैईन तर उनको सौल भने निज अर्जुन रावतकै हातमा छुट्यो, आफुमाथी हातपात भएपछि रेजिनाले उनलाई गाली समेत गरेकी हुन्, यद्यपि उनको पन्जाबाट भने त्यतिबेला चारै जना हामी भाग्न सफल भयौं, तर उनको सौल भने निज गाडी चालक अर्जुन रावतकै हातमा रह्यो । हामी त्यहाँबाट भागेर घर पुगेपछी कालको मुखबाट बचे जस्तो महसुस भयो, यस्तो जीवनमा कहिँले भएको थिएन,हाम्रो बुवाको उमेरोको मान्छेले यस्तो गर्लान् भन्ने लागेकै थिएन,’जेसीले थपिन् ।

जेसीले भने अनुसार झन्डै २५/३० मिनेट पछी निज अर्जुन रावतले कविता नेपालीलाई फोन गरेर सौल लिन समेत बोलाएका थिए । हामीले सौल लैजान भनेर आरोपित रावतले फोन गरेकी कवितालाई बुझ्दा उनले भनिन् “घर पुगेपछि मलाई फोन गरे, मैले जवाफमा आउँदैन भने, हामी घर पुगेर सुतिसक्यौ, भोलि दिनुहोला, त्यो सौल पनि रेजिनाकै हो, उनको घर बिसौनी भन्ने ठाउँमा एक्लै छ, त्यहीँ दिनुहोला भनेर फोन राखिहाले, त्यस्तो नरपिचास संग बोल्नुपनी थिएन, बोल्न जरुरी नै ठानेन कविताले सुनाइन्”

उनलाई रेजिनाको बारेमा सोध्दा जवाफमा उनले सुनाइन्  “हामी फर्किने बेला नै रेजिनालाई त्यो मान्छेले बलात्कार गरेको हुनुपर्छ, तर हामीलाई रेजिनाले भनिनन् , आफ्नो पछिल्लो दिन रेजिना घर बाहिर पनि निस्केनन्, उनी हिड्न नसक्ने अवस्थामा थिइन् बेलुका नल काट्न संगै गयौं, नल पनि लिन सक्दैनन् भनिन् मैले ल्याईदिए, निकै निराश थिईन, कविता र बिनिताको उनी संग भेटै नभएर उनले हामीलाई छोडेर गैईन, घर टाढा छ, त्यो भन्दा पछिल्लो दिन त उनी झुन्डिएको अवस्थामा भेटिईन, मलाई लाग्छ उनी आफै मरेकि त पक्कै होइनन्, सौल दिने बाहानामा आएर फेरि बलात्कार गरेर अर्जुन रावतले नै मारेको हुन् “भन्ने हाम्रो ठम्याई छ उनले सुनाइन् ।

“मैले त उनी झुन्डिएर मरेको भन्ने कुरा सुरुमा पत्याईन, किनकी रेजिना अरुको आत्महत्या भएको खबर सुन्दा पनि किन मर्छन भनेर प्रश्न गर्ने मान्छे हो, उ हामिलाई पनि सम्झाउने गर्थिन, म त जस्तोसुकै दुःख परेपनि आत्महत्या गर्ने थिएन, मलाई जतिसक्दो बाँच्नु पर्छ भनेर मृतक रेजिनाले भनेको कुरा अहिले पनि म सम्झिन्छु , मलाई अहिले सम्म पनि उनी आफै यसरी आत्महत्या गरेर मरेकी हुन् भन्ने लाग्दैन “उनले भनिन् ।

तर पत्याउनुको अर्को विकल्प रहेन, त्यसपछि रेजिना घरमा एक्लै भएको सुइँको पाएपछि निज अर्जुन रावत त्यसको तीन दिनपछि घरमा एक्लै भएको मौका छोपी घरमा आएर पहिला बलात्कार गरेको त्यसपछि अरुले थाहा पाउने डरले मारेर झुन्ड्याएको आशंका पीडित परिवारको छ ।

यी हुन आरोपित अजुर्न रावत हेर्नुहोस्

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.