पत्रकार भट्ट प्रहरीको नियन्त्रणमा



धनगढी : कञ्चनपुरका पत्रकार पुस्कर भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट उनलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो।

कञ्चनपुर प्रहरीका अनुसार शनिवार उनलाई नियन्त्रणमा लिइएको हो। उनी विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्‍दा दर्ता गरिएको छ। कञ्चनपुर प्रहरीले मुद्‍दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन। जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार पत्रकार भट्टलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापनको काम गर्दै आएका थिए। उनले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए।
दिनेश खबरले लेखेको छ

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.