बाजुरा: बाजुराको बडीमालिका नगरपालिका ६ कि मनिषा बडुवालले कक्षा ८ सम्म गाउँमै पढिन् । कक्षा ८ उतिर्ण गरिसकेपछि पढ्नका लागि गाउँ बाहिर बिद्यालय पढ्न थालिन् । मनिषा अहिले कक्षा १२ मा पढ्छन् । आर्थिक अवस्था कमजो भएकाले अहिले विद्यालयको शुल्क समेत तिर्न नसकेको उनले बताइन् । मनिषाका बुवाको २०६९ सालमा एक्कासी मृत्यु भएको थियो । बुवाको मृत्यु पछि अहिले मनिषाको घर खर्च धान्न समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेकी छन् ।
बडिमालिका नगरपालिका ६ को नेपाल राष्ट्रिय मावि जडाङ्गा कक्षा १२ मा अध्यानरत मनिसाले स्कुलको शुल्क तिर्न नसकेको बताएकी छन् । मसिनाले कक्षा ११ र १२ को स्कुल फी सहित किताबको शुल्क समेत तिर्न नसकेको उनले बताइन् । श्रीमान गुमाए पछि परिवारमा खर्च चलाउन तथा तीन छोरा छोरीलाई पढाउन निकै समस्या भएको मनिषाकी आमा पार्वती बडुवालले बताइन् ।
उनले भनिन् घरमा आय श्रोत केही छैन, तीन छोरा छोरी पढाउन पनि समस्या भएको भन्दै सहयोगका लागि अपिल गरेकी छन् । मनिषाकी जेठी दिदी सम्झना बडुवाल अहिले बाजुरा क्याम्पसमा पढि रहेकी छन् भने माईली दिदी धनसराले बिहे गरिसकेकी छन् । उनका भाई उत्तम बडुवाल नेपाल राष्ट्रिय मावि जडाङ्गा कक्षा १० मा पढिरहेका छन ।
आठ कक्षासम्म कोर्ध गाउँमै पढेकी मनिषा गाउँ बाहिर गएपछि विद्यालयको शुल्क तीर्न सक्ने अवस्थामा छैनन् । सानै उमेरमा पढाईका साथ साथै बालबालिकाको हक अधिकार खोज्दै बाल क्लवको नेतृत्व गरिरहेकी मनिसालाई पढने ईच्छा हुँदा हुँदै पनि घरको आर्थिक अवस्थाले पढाइ छाड्नु पर्ने अवस्थामा पुगेकी छन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?