काठमाडौं : सामाजिक अभियान्ता एवम् साहित्यकार समेत रहेकी रिता शाही यतिबेला १० दिने दक्षिण कोरियाको भ्रमणमा छन् । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी शाही
सुदूरपश्चिम समाज दक्षिण काेरीयाले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागीता जनाइरहेकी छन् । यसैबीच उनलाई शुक्रबार सुदूरपश्चिम समाज दक्षिण काेरीयाकाे बिधान अधिवेशन तथा साँस्कृतिक कार्यक्रममा साहित्यकार समेत रहेकी नेतृ शाहिलाई सम्मान गरिएको हो ।
उनलाई कलाकारिताका माध्यमबाट पश्चिम्एली संस्कृतिको संरक्षण, प्रबर्द्धन र जगेर्नामा टेवा पुर्याएको भन्दै त्यहाँ सम्मान गरिएको हो । उक्त कार्यक्रममा आफ्नो, कलाकारिता क्षेत्र, साहित्य क्षेत्रको बारेमा जानकारी गराएकी थिइन् । शाहीका दुई वटा गजल संग्रह बजारमा छन् । भरखरै बजारमा आएको चिनारी गजल संग्रह र तितामिठा पल नामक गजल संग्रह पनि शाहीकै हो । समाजसेवालाई आफ्नो दैनिकी नै बनाएकी शाही निरन्तर दिन दुखीहरुको सेवामा आफ्नो सम्पुर्ण जीवन समर्पित गरिरहेकी छन् ।
आफ्नो चिनारी नामक गजल संग्रह पनि त्यहाँ रहेका नेपालीहरुको हातमा पुगिसकेको उनले बताएकी छन् । शाही निरन्तर यतिबेला त्यहाँ रहेका नेपाली संग सामाजिक, राजनीतिक र साँस्कृतिक बिषयमा भेटवार्ता र छलफल गरिरहेकी छन् । अमेरीका स्थिति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)काे कार्यालयमा चिनारी पुस्तक पुगिसकेको उनको बताएकी छन् । यो संगै राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल दक्षिण काेरीया द्वारा आयोजना गरिएकाे सलनाल धमका २०२४ काे अतिथि कलाकारका रुपमा जापान ,कतारबाट आएका कलाकार र आयोजक संग भेटघाट तथा छलफल गरेको पनि उनले जानकारी दिएकी छन् ।
त्यहाँ पनि आफुलाई अथितीका रुपमा बोलाई सम्मान गरेको भन्दै उनले धन्यवाद समेत दिएकी छन् । लामो समय देखि विभिन्न सहयोगी हातहरुबाट सहयोग संकलन गरेर दिन दुखी बेसाहारा, गरीब बिपन्नहरुको सेवामा सक्रिय शाही कलालारिता र साहित्य क्षेत्रमा पनि अब्बल छन् । उनी धेरै ठाउँबाट सम्मानित र पुरस्कृत समेत भैसकेकी छन् । उनी नेपाली कांग्रेसकि प्रभावसाली नेतृ पनि हुन् ।
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र