काठमाडौं : सामाजिक अभियान्ता एवम् साहित्यकार समेत रहेकी रिता शाही यतिबेला १० दिने दक्षिण कोरियाको भ्रमणमा छन् । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी शाही
सुदूरपश्चिम समाज दक्षिण काेरीयाले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागीता जनाइरहेकी छन् । यसैबीच उनलाई शुक्रबार सुदूरपश्चिम समाज दक्षिण काेरीयाकाे बिधान अधिवेशन तथा साँस्कृतिक कार्यक्रममा साहित्यकार समेत रहेकी नेतृ शाहिलाई सम्मान गरिएको हो ।
उनलाई कलाकारिताका माध्यमबाट पश्चिम्एली संस्कृतिको संरक्षण, प्रबर्द्धन र जगेर्नामा टेवा पुर्याएको भन्दै त्यहाँ सम्मान गरिएको हो । उक्त कार्यक्रममा आफ्नो, कलाकारिता क्षेत्र, साहित्य क्षेत्रको बारेमा जानकारी गराएकी थिइन् । शाहीका दुई वटा गजल संग्रह बजारमा छन् । भरखरै बजारमा आएको चिनारी गजल संग्रह र तितामिठा पल नामक गजल संग्रह पनि शाहीकै हो । समाजसेवालाई आफ्नो दैनिकी नै बनाएकी शाही निरन्तर दिन दुखीहरुको सेवामा आफ्नो सम्पुर्ण जीवन समर्पित गरिरहेकी छन् ।
आफ्नो चिनारी नामक गजल संग्रह पनि त्यहाँ रहेका नेपालीहरुको हातमा पुगिसकेको उनले बताएकी छन् । शाही निरन्तर यतिबेला त्यहाँ रहेका नेपाली संग सामाजिक, राजनीतिक र साँस्कृतिक बिषयमा भेटवार्ता र छलफल गरिरहेकी छन् । अमेरीका स्थिति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)काे कार्यालयमा चिनारी पुस्तक पुगिसकेको उनको बताएकी छन् । यो संगै राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल दक्षिण काेरीया द्वारा आयोजना गरिएकाे सलनाल धमका २०२४ काे अतिथि कलाकारका रुपमा जापान ,कतारबाट आएका कलाकार र आयोजक संग भेटघाट तथा छलफल गरेको पनि उनले जानकारी दिएकी छन् ।
त्यहाँ पनि आफुलाई अथितीका रुपमा बोलाई सम्मान गरेको भन्दै उनले धन्यवाद समेत दिएकी छन् । लामो समय देखि विभिन्न सहयोगी हातहरुबाट सहयोग संकलन गरेर दिन दुखी बेसाहारा, गरीब बिपन्नहरुको सेवामा सक्रिय शाही कलालारिता र साहित्य क्षेत्रमा पनि अब्बल छन् । उनी धेरै ठाउँबाट सम्मानित र पुरस्कृत समेत भैसकेकी छन् । उनी नेपाली कांग्रेसकि प्रभावसाली नेतृ पनि हुन् ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने