मिन बहादुर खड्का काठमाडौं : बाजुरामा १७ वर्षीय बालिका रेजिना नेपालीको बलात्कार पछि हत्या प्रकरणमा शुक्रबार बाजुरामा बिरोध प्रदर्शन गरिएको छ । जिल्ला दलित नेटवर्क बाजुराका सचीब रमेश विकले दिएको जानकारी अनुसार आज ( शुक्रबार ) सदरमुकाम मार्तडीमा जिल्ला दलित नेट्वोर्क बाजुराको अगुवाईमा हिमाली गाउँपालिकाकी बलात्कृत महिलाको घटना र मृतक रेजिनाको घटनाको बिषयलाई लिएर बिरोध प्रदर्शन गरिएको बताइएको छ । बलात्कारीलाई फाँसी दे, पीडितलाई न्याय दे, प्रहरी प्रशासन मुर्दाबाद , अपराधी संरक्षण गर्न पाइदैन,दलित माथिको दमन बन्द गर, हत्यारालाई तत्काल कारबाही गर लगायतका प्ले कार्ड बोकेका नारा जुलुस सहित मार्तडी बजार परिक्रमा गरिएको हो । यो संगै प्रेस बिज्ञप्ती मार्फत जिल्ला प्रशासन कार्यालय बाजुराको ध्यानाकर्षण समेत गराएको जानकारी सचीव बिकले दिएका छन् ।
आजबाट संघर्षका कार्यक्रम सुरु हुने र न्याय नपाएसम्म संघर्षका कार्यक्रमलाई निरन्तरता दिने उनले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको, जिल्ला प्रशासन कार्यालय अगाडी बिरोध प्रदर्शनका कार्यक्रमहरु गरिएको पनि उनले बताएका छन् । यो संगै उक्त घटनाको बिषयलाई लिएर प्रदेश राजधानी र संघीय राजधानीमा समेत बिरोध प्रदर्शनका कार्यक्रम गर्ने तयारी भैरहेको एकीकृत दलित मोर्चा नेपालक केन्द्रिय संयोजक दर्शन नेपालीले बताएका छन् ।
यतिबेला मृतक बालिका रेजिना हत्या प्रकरण देशभरका दलित अधिकारकर्मीहरु र दलित निकट संघ संगठनको चाँसोको बिषय बनेको छ । देशभरका दलित अधिकारकर्मी सहित न्यायका पक्षधरहरुले मृतक रेजिनाले न्याय पाउनुपर्ने आवाज उठाइरहेका छन् । देशभरबाट न्यायको पक्षमा आवाजहरु उठिरहेका छन् । रेजिनाको न्यायका लागि देशभरका दलित अधिकारकर्मीरु एक ढिक्का भएर जस्तोसुकै मुल्य चुकाउन पनि बाध्य हुने एकीकृत दलित मोर्चा नेपालका केन्द्रिय संयोजक दर्शन नेपालीले बताएका छन् । यो घटनाको बिषयलाई लिएर देशभरका दलित अधिकारकर्मी, दलित निकट संघ संगठनहरुले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
एकीकृत दलित मोर्चा नेपाल जात व्यवस्था उन्मुलन मोर्चा लगायतका विभिन्न संगठनहरुको घटनाको घोर भत्सर्ना गर्दै निन्दनीय भएको ठहर सहित बिज्ञप्ती जारी समेत गरिसके छन् । यस अघि हिमाली गाउँपालिका ३ की एक महिला माथी भएको बलात्कारको घटनाको बिषय पनि देश व्यापी नै बनेको थियो । बाजुरामा भएका यी दुबै घटनाको बिषयलाई लिएर सामाजिक अभियान्ता लगायतका सत्य र न्यायका पक्षधरहरुले समेत आवाज बुलन्द गरेका छन् ।
केही दिअन अगाडी चर्चित सामाजिक अभियान्या हेमराज थापाले बाजुरामा समय समयमा हुँदै आएका विभिन्न घटनामा प्रहरी प्रशासन मौन बस्ने गरेको प्रती आपत्ति जनाउदै सामाजिक सञ्जाल फेसवुकमा एक स्टार्टस लेख्दै ध्यानाकर्षण गराएका हुन् । थापाले नेपाल सरकारको गृहमन्त्रालय र गृहमन्त्रीलाई समेत ध्यानाकर्षण गराएका थिए । बाजुरा प्रहरी प्रशासनले कुनै एक राजनीति दलको दबाबमा, नेताहरूको निर्देशनमा बसेर पटकपटक दोहोर्याएको ज्याजती सुधार नगरे युवाहरूले लखेट्ने दिन पनि आउन सक्ने सम्मको चेतावनी समेत थापाले दिएका थिए ।
बाजुराको बुढीगंगा नगरपालिका १ डुग्रीकि रेजिना नेपाली गत पुस दुई गते बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकि थिइन् । रेजिनालाई खप्तड छेडेदह गाउँपलिका ७ का गाडी चालक ४५ वर्षीय अर्जुन रावतले बलात्कार पछि हत्या गरेको मृतक बालिकाका आफ्न्तको आरोप छ । राष्ट्रसेवक नेपाल प्रहरीको बर्दी लागाएर राजनीति दलको निर्देशन भन्दा माथि उठ्न नसक्ने भए तत्काल राजिनामा दिएर जिल्ला छोड्न दबाब समेत सिर्जना भएको छ ।
बाजुरा प्रहरी प्रशासनको यो किसिमको मनोमानी युवाहरूका लागि शैय नभएको भन्दै मृतक बालिकाको न्यायका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा, जिल्ला प्रशासन कार्यालय, अन्य सरोकारवाला निकाय देखि लिए गृहमन्त्री समेतको यतिबेला बाजुराका युवाहरुले गराइरहेका छन् ।
बाजुरा प्रहरी प्रशासनले यस अघि पनि पीडितको समयमा उजुरी नलिने पिडकलाई संरक्षण गर्न, पीडितलाई थप पीडा दिने काम गरेको आरोप प्रहरी माथी छ । जनतालाई सुरक्षा दिन नसक्ने, अपराधी क्रियाकलाप नियन्त्रण गर्न नसक्ने, उल्टै सर्वसाधारणलाई पशुको जस्तो व्यवाहार गर्ने प्रवृत्ति दोहोर्याउदै आएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराको देशभर चर्को आलोचना भैरहेको छ ।
बाजुरा प्रहरी प्रशासनले न्यायका लागी जिल्ला प्रहरी कार्यालय पुगेका पीडितको समयमा उजुरी नलिने, नेताहरुले जाहेरी दर्ता नगर्न भनेका छन् भनेर पीडितलाई घर पठाउने कार्य पटकपटक दोहोर्याईरहेको छ । पटकपटक जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी निरीक्षक, लगायतको चर्को आलोचना भैइनैरहन्छ ।
मृतक रेजिनाका आफन्तका अनुसार गत मंसिर २९ गते गाउँकै रेजिनाकि दिदि नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेको जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जेसी नेपाली, बिनिता नेपाली र कविता नेपाली चार जना बिपनालाई घरदेखी पर सम्म छोड्ने गएका थिए। सोही दिन राती निज अर्जुन रावतले रेजिनालाई बलात्कार गरेको र त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुड्याएको आरोप छ ।
छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जादा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए ।पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक जेजिनाका दाई मदन नेपालीको भनाई छ । प्रहरीले आफुले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन् ।प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोष्टमाटम रिपोर्टमा समेत आफुहरुको असन्तुष्टि रहेको उनको जिकिर छ ।
पोष्टमातम रिपोर्टमा समेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफुहरुको बुझाई रहेको उनले बताएका छन् । । निज आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासन देखी लिव्र राजनीति दलका नेताहरु नै सक्रिय देखिएको आफुहरुको ठम्याई रहेको नेपालीले बताएका छन् ।
यस पनि एक महिलाको बलात्कारको घटना देश व्यापी नै बनेको थियो । उक्त घटनालाई उल्टाउनु,घटना छुपाउन, र पिडकलाई संरक्षण गर्ने उदेश्यले षड्यन्त्र सहित झुटो मुद्धा दर्ता गराएको त्यसमा प्रहरीको समेर्त संलग्नता रहेको भन्दै प्रहरी प्रशासनको व्यापक आलोचना यस अघि पनि भएको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कविन्द्र सिंह बोहरा सहित प्रहरी निरीक्षक किशोर सिंह एरीलाई जिल्ला छोड्न सम्मको दबाब देश भरका दलित अधिकारकर्मीहरुले दिइरहेका छन् ।
न्यायका लागि जिल्ला प्रहरी कार्यालय सम्म पुगेका श्रीमान उनका देवर र अन्य दुई जनालाई कारागार चलान गरेको थियो । झुटो मुद्धामा अहिले पनि दलित समुदायका चार जना कारागार जीवन बिताइरहेका छन् ।
बलात्कृत श्रीमतीको न्यायका लागि न्याय माग्न आउँदा पीडित महिलाका श्रीमान र उनका देवर, दुई जना नाबालक सहित चार जनालाई झुटो मुद्धा लगाई कारागार चलान गरिएकोले तत्काल बिना सर्त रिहा गर्नुपर्ने, १७ वर्षीय बालिका रेजिना नेपालीलाई बलात्कार पछी हत्या गर्ने आरोपीत अर्जुन रावतलाई यथासिघ्र पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने,आफुहरुको माग रहेको पत्रकार समेत रहेका दलितअधिकारकर्मी प्रेम वि . कले बताएका छन् । तत्काल मागहरू पूरा नभएको खण्डमा देशभरका दलित अधिकारकर्मीहरु एक ढिक्का भएर जस्तोसुकै मुल्य चुकाउन बाध्य हुने र साथमा न्यायका पक्षधरहरु समेत रहेको उनको भनाई छ । प्रहरीले पटकपटक दोहोर्याउदै आएको कमजोरी, र पीडित माथी थप्ने गरेको पीडा शैय बिषय नभएको विकले बताएका छन् ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत