गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा



काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

बैठक गठबन्धनको औपचारिक नभएको र प्रधानमन्त्रीले सातै प्रदेशको मुख्यमन्त्रीहरूलाई बोलाउनुभएको थियो। त्यही क्रममा गठबन्धनका केही शीर्ष नेताहरू पनि सहभागी हुनुहुन्छ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।
Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.