काठमाडौं। अमेरिकाको फ्लोरिडा राज्यस्थित सेन्ट पिटर्सवर्गमा रहेको एक बार तथा रेस्टुरेन्टमा युवती पक्राउ परेकी छन्।
गत शनिबार बिहान शिसो क्रिस्पी नामक बार–रेस्टुरेन्टको शौचालयमा एक पुरुषसँग यौनसम्बन्ध राखेको आरोपमा १९ वर्षीया हेली सेरबल नामकी युवती पक्राउ परेकी हुन्।
द स्मोकिङ गनका अनुसार यो सेरबलको पहिलो कानुनी विवाद भने होइन। उनी हाल दुईवटा फौजदारी मुद्दाको पनि प्रतिवादी रहेकी छन्।
तीमध्ये एउटा मुद्दा सवारीसाधनमा चोरीसँग सम्बन्धित छ भने अर्को हतियार प्रयोग गरी गरिएको आरोपसँग सम्बन्धित रहेको जनाइएको छ।
प्रहरीका अनुसार कर्मचारीहरूले उनलाई उक्त घटनाबारे सोधपुछ गर्दै रेस्टुरेन्टबाट बाहिर लैजान थालेका बेला उनले फर्केर म्यानेजर कालीना कोन्क्लिनको अनुहारमा थुकेको आरोप छ।
प्रहरीका घटनास्थलमा पुग्दा व्यवस्थापकको अनुहारमा थुक स्पष्ट देखिएको र घटनाका धेरै प्रत्यक्षदर्शी रहेको जनाएको छ।
यस घटनापछि सेरबललाई सामान्य कुटपिट (मिस्डिमिनर ब्याट्री) सम्बन्धी आरोपमा पक्राउ गरिएको थियो।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै