बाजुराका प्रहरी प्रमुखलाई युवाहरुले लखेट्ने दिन आउन सक्ने अभियान्ता थापाको चेतावनी



मिन बहादुर खड्का

काठमाडौं-  बाजुरामा एक १७ वर्षीय बालिका रेजिना नेपालीको बलात्कार पछि हत्या भएको घटना सार्वजनिक भएपछि सामाजिक अभियान्या हेमराज थापाले बाजुरा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

बाजुरा गृह जिल्ला भएका थापाले बाजुरामा समय समयमा हुँदै आएका विभिन्न घटनामा प्रहरी प्रशासन मौन बस्ने गरेको प्रती आपत्ति जनाउदै सामाजिक सञ्जाल फेसवुकमा एक स्टार्टस लेख्दै ध्यानाकर्षण गराएका हुन् । थापाले बाजुरा प्रहरी प्रशासनले पटकपटक गैरजिम्मेवार कार्य गर्दै आएको स्टार्टसमा उल्लेख गरेका छन् ।

बाजुराको बुढीगंगा नगरपालिका १ डुग्रीकि रेजिना नेपाली गत पुस दुई गते बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकि थिइन् । रेजिनालाई खप्तड छेडेदह गाउँपलिका ७ का गाडी चालक ४५ वर्षीय अर्जुन रावतले बलात्कार पछि हत्या गरेको मृतक बालिकाका आफ्न्तको आरोप छ ।

यो घटनाको बिषयमा थापाले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेकाछन् । १७ बर्षिया किशोरीको बलात्कार गरेर हत्या गरिन्छ,बाजुरा प्रहरीले उजुरी नै लिँंदैन। एक दलित महिलाको बलात्कार प्रकरणमा बाजुरा प्रहरी प्रमुखले यो भन्दा अगाडि पनि उजुरी नलिएर उल्टै पिडितलाइ पीडा दिएको समाचार सार्बजनिक भएको थियो । बजुरेलि जनतालाई सुरक्षा र न्याय दिन नसक्ने हो भने जागिर बाट राजिनामा दिएर बाजुरा छोड्दा हुन्छ। मान्छेलाई जनावरको जस्तो व्यबहार गर्ने सुरक्षा प्रशाशनको व्यवहार लज्जास्पद छ।नेपाल सरकार गृहमन्त्री ज्युको ध्यानाकर्षण होस। जनताको धैर्यताको बाँध टुट्यो भने डिएसपीको फुलि च्यातेर कट्टुमा लखेट्ने दिन आउला भोलि ।

थापाले नेपाल सरकारको गृहमन्त्रालय र गृहमन्त्रीलाई समेत ध्यानाकर्षण गराएका छन् । बाजुरा प्रहरी प्रशासनले कुनै एक राजनीति दलको दबाबमा, नेताहरूको निर्देशनमा बसेर पटकपटक दोहोर्‍याएको ज्याजती सुधार नगरे युवाहरूले लखेट्ने दिन पनि आउन सक्ने सम्मको चेतावनी समेत थापाले दिएका छन् । नागरिकको सुरक्षाअर्थ खटिने नेपाल प्रहरीनै राजनीति दलको आडमा बसेर घटना छुपाउन र उल्टै अपराधी संरक्षणमा बस्दै आएको प्रती आम बाजुराली युवाहरूको गम्भीर ध्यानाकर्षण भएको पनि थापाले बताएका छन् ।

राष्ट्रसेवक नेपाल प्रहरीको बर्दी लागाएर राजनीति दलको निर्देशन भन्दा माथि उठ्न नसक्ने भए तत्काल राजिनामा दिएर जिल्ला छोड्न समेत थापाले भनेका छन् । बाजुरा प्रहरी प्रशासनको यो किसिमको मनोमानी युवाहरूका लागि शैय नभएको भन्दै मृतक बालिकाको न्यायका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा, जिल्ला प्रशासन कार्यालय, अन्य सरोकारवाला निकाय देखि लिए गृहमन्त्री समेतको थापाले ध्यानाकर्षण गराएक छन् ।

थापाले बाजुरा प्रहरी प्रशासनले यस अघि पनि पीडितको समयमा उजुरी नलिने पिडकलाई संरक्षण गर्न, पीडितलाई थप पीडा दिने काम गरेको पनि उल्लेख गरेका छन् । जनतालाई सुरक्षा दिन नसक्ने, अपराधी क्रियाकलाप नियन्त्रण गर्न नसक्ने, उल्टै सर्वसाधारणलाई पशुको जस्तो व्यवाहार गर्ने प्रवृत्ति नदोहोर्‍याउन अन्तिम चेतावनीसमेत थापाले दिएका छन् ।

थापाले भनेजस्तै बाजुरा प्रहरी प्रशासनले न्यायका लागी जिल्ला प्रहरी कार्यालय पुगेका पीडितको समयमा उजुरी नलिने, नेताहरुले जाहेरी दर्ता नगर्न भनेका छन् भनेर पीडितलाई घर पठाउने कार्य पटकपटक दोहोर्‍याईरहेको छ । पटकपटक जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख प्रहरी निरीक्षक, लगायतको चर्को आलोचना भैइनैरहन्छ ।

मृतक रेजिनाका आफन्तका अनुसार गत मंसिर २९ गते गाउँकै रेजिनाकि दिदि नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेको जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जेसी नेपाली, बिनिता नेपाली र कविता नेपाली चार जना बिपनालाई घरदेखी पर सम्म छोड्ने गएका थिए। सोही दिन राती निज अर्जुन रावतले रेजिनालाई बलात्कार गरेको र त्यसको तेस्रो दिन पुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुड्याएको आरोप छ ।

छोरीको न्यायका लागी जाहेरी दर्ता गराउन जादा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काएका थिए ।पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालय बाजुराले ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गरेको मृतक जेजिनाका दाई मदन नेपालीको भनाई छ । प्रहरीले आफुले भने अनुसारको जाहेरी दर्ता गर्न नमानेको नेपालीले बताएका छन् ।प्रहरीले नै आरोपितलाई संरक्षण गर्न खोजेको उनको आरोप छ । पोष्टमाटम रिपोर्टमा समेत आफुहरुको असन्तुष्टि रहेको उनको जिकिर छ ।

पोष्टमातम रिपोर्टमा समेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको आफुहरुको बुझाई रहेको उनले बताएका छन् । । निज आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार छन् । निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासन देखी लिव्र राजनीति दलका नेताहरु नै सक्रिय देखिएको आफुहरुको ठम्याई रहेको नेपालीले बताएका छन् ।

यस पनि एक महिलाको बलात्कारको घटना देश व्यापी नै बनेको थियो । उक्त घटनालाई उल्टाउनु,घटना छुपाउन, र पिडकलाई संरक्षण गर्ने उदेश्यले षड्यन्त्र सहित झुटो मुद्धा दर्ता गराएको त्यसमा प्रहरीको समेर्त संलग्नता रहेको भन्दै प्रहरी प्रशासनको व्यापक आलोचना यस अघि पनि भएको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कविन्द्र सिंह बोहरा सहित प्रहरी निरीक्षक किशोर सिंह एरीलाई जिल्ला छोड्न सम्मको दबाब देश भरका दलित अधिकारकर्मीहरुले दिएका थिए ।

दलित अधिकार कर्मीहरुको आरोप छ । न्यायका लागि जिल्ला प्रहरी कार्यालय सम्म पुगेका श्रीमान उनका देवर र अन्य दुई जनालाई कारागार चलान गरेको थियो । झुटो मुद्धामा अहिले पनि दलित समुदायका चार जना कारागार जीवन बिताइरहेका छन् ।

थापाले लामो समयदेखि राज्य संचालनमा भए गरेका अन्याय,अत्याचार, अनियमितता, दुराचार र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बुल्न्द गरिरहेका छन् । सरकारका कमिकमजोरीहरु उठान गरेर सरकारको सडकबाटै ध्यानाकर्षण गराइरहेका छन् । सडकबाट नेपाली जनता र राष्ट्रियताको पक्षधर भएर आवाज उठाउने थापा एक शसक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका छन् ।

थापाले यस अघि प्रेट्रोलियम पदार्थको मुल्यबृद्धि, राष्ट्रको हित बिपरित हुने अन्तर्राष्ट्रिय सन्धि सम्झौता, सिमा अतिक्रम लगायतका बिषयमा खरो रुपमा प्रस्तुत हुँदै नेपाली जनताको हित र राज्यको हितको पक्षमा उभिदै आएका छन् । उनी जनताको पक्षमा उभिएर आवाज उठाउदै गर्दा पटकपटक गिरफ्तार भैई हिरासतमा समेत बसिसकेको छन् । प्रहरीको कुटाई र जेल नेल उनका लागि सामान्य कुरा जस्तै भैसकेको छ

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.