काठमाडौं : रत्नपार्कस्थित शान्ति बाटिकाबाट नगर प्रहरीले बाहिर निकालेपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन्।
रावले २४ दिनदेखि शान्ति बाटिकामा अनशन बस्दै आएकी आरती आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको कानुनी तथा सडक संघर्षमा छन्।
श्रीमान्लाई थुनामा राखेर मुद्दा चलाउन उनले माग गरिरहेकी छन्। आज नगर प्रहरीले बिहानै शान्ति बाटिकामा अनशन र धर्नामा बसेकाहरूलाई हटाउन खोज्दा आरतीले आफूसँग रहेको विषको बोतल पिउन खोजेकी थिइन्।
प्रहरीले उनको हातबाट बोतल खोसेर सामानहरू बाहिर निकालेर मिल्काइदिएका थिए। त्यस क्रममा आरतीको हातमा लगाएको स्लाइन खुस्किएको थियो।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
एनपीएल: आज दुई खेल हुँदै