काठमाडौं : रत्नपार्कस्थित शान्ति बाटिकाबाट नगर प्रहरीले बाहिर निकालेपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन्।
रावले २४ दिनदेखि शान्ति बाटिकामा अनशन बस्दै आएकी आरती आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको कानुनी तथा सडक संघर्षमा छन्।
श्रीमान्लाई थुनामा राखेर मुद्दा चलाउन उनले माग गरिरहेकी छन्। आज नगर प्रहरीले बिहानै शान्ति बाटिकामा अनशन र धर्नामा बसेकाहरूलाई हटाउन खोज्दा आरतीले आफूसँग रहेको विषको बोतल पिउन खोजेकी थिइन्।
प्रहरीले उनको हातबाट बोतल खोसेर सामानहरू बाहिर निकालेर मिल्काइदिएका थिए। त्यस क्रममा आरतीको हातमा लगाएको स्लाइन खुस्किएको थियो।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै