झापा पुगेका शेखरलाई कार्यकर्ताको प्रश्न माओवादीलाई कहिँले सम्म बोकेर हिड्ने?



काठमाडौं :नेपाली कांग्रेसले यतिबेला देश व्यापी समुदायमा कांग्रेस अभियान सञ्चालन गरिरहेको छ । केन्द्रबाट नै प्रत्येक जिल्लामा प्रतिनिधि खटाएर देशभरका कांग्रेस नेताहरु यतिबेला गाउँ केन्द्रित छन् । जनताका जनगुनासा सुन्ने, जनता संग साक्षात्कार गर्ने, र जनताका सुझाव संकलन गर्ने अहिले कांग्रेस नेताहरुले आफ्नो दैनिकी नै बनाएका छन् । कांग्रेस नेताहरु जनताको घरदैलोमा सरिक छन् ।

यहीँ क्रममा समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई झापाका कांग्रेस कार्यकर्ताले कोइरालालाई कहिँले सम्म माओवादीलाई बोकेर हिड्ने भन्दै प्रश्न गरेका छन् । कांग्रेसले राष्ट्रिय राजनीतिमा माओवादी संग मिलेर गरेका थुप्रै कमजोरीहरु बारे नेता शेखरलाई सुनाउदै उनीहरुले गुनासै गुनासाका पोका थुपारेका हुन् ।

सोमबार बिहान दमकमा भएको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । सो अन्तरक्रिया कार्यक्रममा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी विचार शून्य भएको, कांग्रेस प्रती जनताको बितृष्णा छाउदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । यसमा नेतृत्व सच्चिनुको अर्को विकल्प नरहेको पनि धारणा राख्ने वक्ताहरुको भनाई थियो ।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिंड्ने? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ? अन्तरक्रियामा सहभागी एक सदस्यले आक्रोशित हुँदै प्रश्न गरेका थिए ।

सहभागीहरुले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरु समेत सुनाएका थिए । जनताको लोकप्रिय पार्टी पनि भन्ने अन्य राजनीति दल संग मिलेर आफ्नो अस्तित्व गुमाउने खालका कमजोरी पटकपटक दोहोर्‍याएको उनीहरुको जिकिर थियो ।

माओवादीहरुलाई भ्रष्ट्राचारी, माफिया समेत भनेका उनीहरुले माओवादी सँग टाढै बस्न समेत उनिहरुले नेताहरुलाई सुझाव दिएका थिए।

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टीभित्र छलफल हुने र अबका कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने बताएका छन्। राष्ट्रिय आवस्यकतालाई ख्याल गरेर गठबन्धन केही समयका लागि भएपनि सधै अन्य दललाई संगै बोकेर हिड्नैपर्छ भन्ने नरहेको नेता कोइरालाको भनाई थियो ।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.