कांग्रेस जनताका सुझाब संकलनका लागि गाउँघर केन्द्रीत



बाजुरा : नेपाली कांग्रेस बाजुराले समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको छ। यतिवेला नेताहरु गाँउघर केन्द्रित छन् । उनिहरु जनताको घरदैलोमा जाने, जनतासंग साक्षात्कार गर्ने, जनगुनासा सुन्ने, र सुझाव संकलन गर्ने अभियानमा यतिवेला कांग्रेस बाजुरा जुटेको छ।

कांग्रेसले देशव्यापी रुपमा समसदायमा कांग्रेस अभियान सञ्चालन गरेको छ। यो अभियानलाई बाजुरा कांग्रेसले पनि  निरन्तरता  दिएको छ। अभियानका क्रममा केन्द्रिय प्रतिनिधि समेत प्रत्य जिल्ला जिल्लामा खटाइएका छन् । अहिले बाजुरामा पाली कांग्रेसका केन्द्रीय सदस्य एबं धनगडी उप–महानगर पालिकाका पूर्व मेयर समुदायमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनीधि नृप वड खटिएका छन् ।

बडिमालिका नगरपालिका वडा नं सात छल्पुन्नाका तुले लवारको राजनीतिक उपनाम“खंखार” हो । गाउँका प्रयायले उनलाई खंखार नामले नै चिन्छन् । राणा ,राजापञ्चायत र बुहुदलहुंदै अहिलेको लोकतान्त्रिक गणतन्त्रका शासक प्रति गाउँस्तरमा उनी बढि अनुुभवी हुन्। तिनै खंखार लगायत केही कांग्रेस जनले सनिवार दिउसो बडिमालिकाका नगरपालिकाको चुुथीमा पारिलो घाम तापि रहेका थिए । वारीपारी हिउँको सकारो छेक्न भिरालो पाखोमा बसेका खंखार लगायत समुदायका केही मान्छे भेट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं धनगडी उप–महानगर पालिकाका पूर्व मेयर समुदायमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनीधि नृप वड भिरालो जमिन चड्दै नागरिक अभिमत बुुझ्न पुुग्छन् ।

खंखार, गोल ल्वार र नन्दे जैशी तिनै जना पाका नागरकले राणा, राजा , पञ्चायत देखि अहिलेको बुहुदलीयदलका नेताका क्रियाकलाप वारे औंला ठड्याएर कथा ब्यथा सुनाउनुहुन्छ । उनीहरुको अनुहारमा भोकोपेट,अभाव, समस्यामै गुज्रिएको जीवन र राजनीतिक असन्तुष्टिपन झल्किन्थ्यो । भेटकाक्रममा तुलेलवार “खंखार” २०४६साल कांग्रेसलाई भारत निकट र कम्युनिष्टलाई चिन निकट भनेको सम्झन्छन्। उत्तरी भेगमा पर्ने चिन डांडापरिको हुनाले चिनियाँको रहनसहन र आवागमनबारे आफ्नो कुनै साईनो नभएको । प्रम्परादेखि भारतकै एकसरो कपडा र नुन तेल उपभोग गरेको हुनाले नेपाली कांग्रेसलाई भोटदिएको सुनाउनुहुन्छ ।

देशमा काँग्रेसले शुसासन कायम गर्न नसक्दा एमाले लगायत अरुपार्टीको जन्मभएको बुुझाई पनिउनको छ । एमालेले भत्ता दिन्छ भन्ने सुनेर एमालेमा पनि लागेर काम गरेको अनुुभव खंखार संग छ । गाउँमा घर बनाउने एक टालो जग्गाअभावले एक्लै छल्पुन्ना सरेको वीस वर्ष वर्ष वित्यो एक धारो पानीजोडी देउ भन्दा कसैले खाने पानी नदिदा कुवाको जुकेनी पानी खान बाध्य छु भुकम्पले घर चर्केका छन् । सिफारिस गर्दा एमाले निकटका घर सिफारिस गरिएको आक्रोश काँग्रेस कार्यकर्ताको छ । हामीलाई अब दल चाहिएनन् भोक पेट भर्न काम चाहियो काँग्रेस अभियानमा उपस्थित कार्यकर्ताको भनाई थियो ।

पछिल्लो समयमा एमालेलाई रेक न ठेकको पार्टी जता फाईदा उतै जाने पार्टीका नामले चिन्नुहन्छ । गरिबका लागि भन्यो गरिबको नाम बेचेर एमाले नेता कार्यकर्ता आफू धनी बनेको स्थानीय नेता कार्यकर्ताको आरोप छ । गरिव जनताको लागि माओवादी पार्टी आयो भनेर लागियो हजारौं मान्छे उन्मुक्तीका नाममा सहिद भए । तर देशमा गरिवीमा कुनै परिवर्तन नआएको गुनासो गोल विकको छ । शासान ब्यबस्था जति फेरिए पनि नागरिकका जीवन शैली नफेरिएको सुनकानाका नन्दे जैशीले नेतालाई सुनाए ।

ग्रामिण समुदायमा अशान्ति,रोग ,भोक र अभावका स्वर गुञ्जीरहेको वेला नेपाली कांग्रेस जनताको घरघरमा पुुगेर नागरिकको वास्तविक समस्याबुुझेर सुुझाव संकलन गरेको देख्दा नेपाली कांग्रेस नागरिकको अभिभावक रहेछ भन्ने महशुस भएको छ। चुनावमा एकै कांग्रेसका दुुई चिट आउँछन् कस्लाई मतदान गर्ने काँग्रेस गुंटले खाएको छ सतहमा आएको गुंटगत राजनीति अन्तय गर्नुपर्छ अनि कांग्रेस सुध्रिन्छ पोख्राकी बिमला खत्रीको भनाई छ । काँग्रेसमा गुंट उपगुंट हैन पार्टी एकताको सन्देश दिनुपर्छ । काँग्रैस अन्तर आत्मा देखि शुदृढ भए देशको पहिलो पार्टी काँग्रैसनै बन्ने दावी स्थानिय ओमकार बोगटीको बुुझाई छ ।

समुदायमा कांग्रेस अभियान नारा लिएर नागरिकका के कस्ता असुन्तुष्टि छन् रुतिन तहका सरकार छन् जनप्रतिनीधिले के कस्ता काम गरेका छन् । शुसासनको अवस्था ,नेपाली कांग्रेसका उम्मेदावारले निर्वाचनमा हार्नुका कारण र काँगे्रसले हालसम्म गरेको विकास निर्माण लगायत राजनीतिक एतिहांशिक परिवर्तका बारे नागरिकलाई बुुझाउन समुदाय काँग्रेस अभियान सञ्चालन गरेको नेपाली कांग्रेस सुदुपश्चिम प्रदेश प्रचार विभाग प्रमुख धनराज पण्डितले बताउनुुभयो ।

बाटो पुल, बिजुली,खानेपानी,सिंचाइँ , टेलिफोन शिक्षासञ्चार लगायतका संरचना कस्को पालामा बने का हुन्रुतपाईहरुको नजरमा कुन पार्टी राम्रो रु यस्तै प्रश्न लिएर “म”बाजुरा दुरदराजमा पुुगेको छु । समुदायमा काँग्रेस अभियानका केन्द्रीय प्रतिनीधी वडले भन्नुुभयो । कांग्रेसले गरेका असलकामको नतिजा जनतालाई बुुझाउन नसकेको । नागरिक शुुसासन समस्या बढि देखिएका छन् । स्थानीय तह विकासको संरचनाबारे राम्ररी बुुझेका र देशकै उत्कृष्ट मेयरका रुपमा पुरस्कृत भैसकेका पूर्व मेयर वडले भन्नुभयो यो हालतमा गाउँको विका सम्भव छैन । विरोध गर्नुभन्दा राज्यका निकायमा वसेकाले आफ्नो जिम्मेपारी वहन गर्नुपर्छ । नागरिकले पनि आ–आफ्नो कर्तब्य बुुझ्नुुपर्छ उहांको भनाई छ । एक अलग प्रशंगमा उहांले भन्नुुभयो सबै भन्दा भयावह जिल्ला बाजुरा रहेछ । जहां कुल्लीकाम गरी खान्छु भन्दा पनि पार्टीको सदस्य बन्नुुपर्ने । पार्टीको यो दादा गिरीले देश बन्दैन । शान्तिशुरक्षाको प्रशंगमा वडले भन्नुुभयो ।

त्यस्तै एक दललाई अर्कोदलाई हेर्ने दृष्टीकोण बिचित्रको पाएं । त्यसको ज्यवल्नत उदाहरण शुक्रबार सांँझ एमालेमा आस्था राख्ने एक युवकले पिलुचौरको वीच सडकमा कांग्रेस समर्थकलाई गरेको गाली बेईजतीले बाजुरामा शान्ति शुरक्षा माथि चुनौति रहेछ भन्ने बुझियो । ति युवालाई प्रहरीले नियन्त्रणमा राख्नखोज्दा राति १२ बजे सम्म प्रहरीले नियन्त्रणमा लिन सकेन ।ज्यान शुरक्षित राख्नअन्ततः डिईजिलाई फोन गर्नु प¥यो यहां दलीय भाईचारको अभाव देखियो कांग्रेस केन्द्रीय सदस्य वडको भनाई छ । समग्रमा दुरदराजका जनताका सुुझाब संकलनको पोको केन्द्रीय समितिको बैठकमा फुकाउने छु उहांले भन्नुुभयो ।

माघ १६ देखि २६ गते सम्म समुदायमा काँग्रेस अभियान अन्तरगत सनिवार दिउसो बडिमालिका नगरपालिकाको चुुथीमा नागरिकका सुुझाब संकलन गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव तिलकराज पुरीले बताउनुुभयो । समुदायमा काँग्रेस अभियानमा नेपाली काँग्रेस बडिमालिका नगरपालिका नगरसभापति गोपाल कार्कीले बडिमालिका नगरपालिकामा जनताको सेवादिने पालिका नभएर एमालेको पार्टी कार्यालय बनाएको छ । भुक्म्प पिडित, होस वा नगरबाट पाउने अन्य सेवा सविधा हुन् आफ्ना कार्यकतालार्ई छानी छानी योजना दिने गरेकोले काँग्रेसले यस्ता कृयाकलापको भण्डाफोर गर्ने छ । गलत कार्यको भण्डाफोर गर्न सबै एकजुट हुनुुपर्ने उनको भनाई थियो ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.