काठमान्डौँ : विनोद स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार गगन अयडी र बिमला रावललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपालको स्थापना दिवसको अबसरमा दूई जना पत्रकारलाई विनोद स्मृती पत्रकारिता पुरस्कारबाट प्रदान गरिएको हो । प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य विमला रावल र प्रेस चौतारी आवद्ध पत्रकार गगन अएडीलाई २६ औँ स्थापना दिवसको अवसरमा विनोद स्मृती पत्रकारिता पुरस्कारबाट प्रदान गरिएको प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकले जानकारी दिएका छन् ।
स्थापना दिवसको अवसरमा रावल र अएडीलाई विनोद स्मृतीको सम्भनामा प्रमाण पत्र सहित ५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्त्रण गरिएको अध्यक्ष विकले बताए । प्रेस चौतारी नेपाल बाजुराले स्थापना दिवसको अवसमा प्रत्येक बर्ष विनोद स्मृती पुरस्कारबाट प्रदान गर्दै आएको छ। यो वर्ष अयडी र रावललाई प्रदान गरिएको हो।
स्थापना दिवसकै अवसरमा निबन्ध प्रतियोगिताको समेत आयोजना गरिएको हो । सो निबन्ध प्रतियोगिता बाजुरा क्याम्पसमा गरिएको हो। प्रेस चौतारी नेपालले आयोजना गरेको निबन्ध प्रतियोगितामा कुमार प्रशाद उपाध्याय प्रथम ,दितृय भरत बोहोरा ,तृतिय मनिशा चेपाङ र सान्तोना स्थान रोसनी कुमारी बुढाले प्राप्त गरेको प्रेस चौतारी जिल्ला शाखा बाजुराले जनाएको छ। ।
प्रथम,दितृय ,तृतिय र सान्तोना स्थान प्राप्त गर्ने प्रतियोगिहरुलाई स्टेशनरी समान प्रदान गरिएको उहाँले बताउनु भयो । प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले बाजुराका प्रचार विभाग प्रमुख कासी विक रहेका थिए ।
त्यस्तै अथितीमा नेपाली काग्रेस बडिमालिका नगरसभापती गोपाल कार्की , एकिकृत समाजवादी बाजुराका अध्यक्ष पुरबहादुर रावत, बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का,उपप्रमुख नन्दा थापा,गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापा, प्रेस चौतारी नेपाल प्रदेश अध्यक्ष कृष्ण ओली , प्रेस युनियन बाजुरा अध्यक्ष संगिता तिमिल्सेना,प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव निमेन्द्र शाही ,समाजवादी प्रेस संगठन केन्द्रिय सदस्य धनकृष्ण विक लगायत रहेका थिए ।
प्रेस चौतारी नेपाल बाजुराका कोषाध्यक्ष शुसिल रोकायाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सचिव रमित विकले गर्नुभएको थियो ।
सम्वन्धित समाचार
शिक्षा ऐनका लागि महासंघले २ साउनसम्म कुर्ने, पास नभए आन्दोलनमा जाने
सार्वजनिक निकायको सबै भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्नु: अर्थ मन्त्रालय
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
शिक्षामा एआईको प्रयोग: नेपालको शैक्षिक भविष्यका लागि एक महत्वपूर्ण आवश्यकता
थुलुङ दुधकोसीद्वारा रीड नेपाललाई सम्मान
नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष