उपनिर्वाचनको मिति घोषणा हुनुअघि मतदाता नामावलीमा नाम दर्ता आह्वान



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि, प्रदेश र स्थानीय तहमा रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्दै छ। आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो।

उपनिर्वाचनद्वारा रिक्त स्थानको पदपूर्ति गर्न आयोगले सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्।

शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ ९२० बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ।

मतदाता दर्ता सम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग रहेको उल्लेख छ।
यद्यपि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम दर्ता आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.