काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुनमा गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको हो ।
राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसदको बिदाई हुँदैछ ।
माघ ११ गते रिक्त १९ सदस्यका लागि निर्वाचन भइसकेको छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् । त्यसमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा बनेको छ ।
राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला बन्ने नेताहरुले दाबी गर्र्दै आइरहेका छन् । सिटौलालाई सभाको अध्यक्ष बनाउनकै लागि राष्ट्रिय सभामा ल्याइएको कांग्रेस नेताहरुको दाबी छ ।
तर, कोशीमा राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसबाट धोका भएको भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादीको प्रतिनिधि शून्य हुने भएकाले नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष नछाड्न दबाब बढाइरहेका छन् ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप