बाजुरा : जुम्ल्याहा छोराछोरी जन्माएको एकदिन पछी बाजुराकी एक सुत्केरी महिलाको मृत्यु भएको छ।
बाजुराको जगन्नाथ गाँउपालिका २ लुमाकी २८ बर्षयी सुकिली सार्कीको जुम्ल्याह छोराछोरी जन्माएको एकदिन पछी मृत्यु भएको हो । सार्कीको सुर्खेतको कालागाउँ क्षेत्रिय अस्पतालमा आज विहान ८ बजेतिर मृत्यु भएको जगन्नाथ गाँउपालिका ५ का वडा अध्यक्ष गौरी सार्कीले जानकारी दिएका छन् ।
कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रका डाक्टर प्रतिक न्यौपानेका अनुसार सार्कीको मस्तिकको नशा फुटेर टाँउको भित्र रगत जमेको भएपछी कोल्टी स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सम्भव नभएपछी सनिबार रिफर गरिएको थियो । उनका अुनुसार बच्चाको अवस्था ठिकै भएकाले लगतै राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागी सुर्खेत रिफर गरिएको हो ।
सार्कीको सुर्खेतको कालागाउँ क्षेत्रिय अस्पतालमा सनिबार जौल्याहा छोरा र छोरी जन्म दिएको एकदिन पछी मृत्यु भएको अध्यक्ष सार्कीले बताए। अध्यक्ष सार्कीका अनुसार छोरा र छोरीको जन्मदिए पछी सार्कीलाई अफ्ठयारो भएपछि आईसियुमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा आज विहान आईसियु कक्षामा मृत्यु भएको आफन्तले वताएका छन् ।
उनिवाट जन्मीएका जुम्ल्याह छोरा र छोरीको समेत केही समयमै मृत्यु भईसकेको उहाँले बताउनु भयो । सार्कीका यो भन्दा पहिला २ वटा सन्तान रहेका छन् । बाजुरामा गत साउन देखी यता २ जना सुत्केरी महिलाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय बाजुराका तत्थाङक अधिकृत रुगुम बहादुर थापाले बताउनु भयो । । हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिलाको ज्यान जानेक्रम रोकिएको छैन ।
कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख हुनु जस्ता कारणले हवाइ उद्धार कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन । नेपालीको औषत आयू ६९ बर्ष छ । तर, बाजुराका बासिन्दाको आयू ५९ बर्ष मात्रै छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरुको अवस्था झनै दर्दनाक छ ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत