बाजुरा : जुम्ल्याहा छोराछोरी जन्माएको एकदिन पछी बाजुराकी एक सुत्केरी महिलाको मृत्यु भएको छ।
बाजुराको जगन्नाथ गाँउपालिका २ लुमाकी २८ बर्षयी सुकिली सार्कीको जुम्ल्याह छोराछोरी जन्माएको एकदिन पछी मृत्यु भएको हो । सार्कीको सुर्खेतको कालागाउँ क्षेत्रिय अस्पतालमा आज विहान ८ बजेतिर मृत्यु भएको जगन्नाथ गाँउपालिका ५ का वडा अध्यक्ष गौरी सार्कीले जानकारी दिएका छन् ।
कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रका डाक्टर प्रतिक न्यौपानेका अनुसार सार्कीको मस्तिकको नशा फुटेर टाँउको भित्र रगत जमेको भएपछी कोल्टी स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सम्भव नभएपछी सनिबार रिफर गरिएको थियो । उनका अुनुसार बच्चाको अवस्था ठिकै भएकाले लगतै राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागी सुर्खेत रिफर गरिएको हो ।
सार्कीको सुर्खेतको कालागाउँ क्षेत्रिय अस्पतालमा सनिबार जौल्याहा छोरा र छोरी जन्म दिएको एकदिन पछी मृत्यु भएको अध्यक्ष सार्कीले बताए। अध्यक्ष सार्कीका अनुसार छोरा र छोरीको जन्मदिए पछी सार्कीलाई अफ्ठयारो भएपछि आईसियुमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा आज विहान आईसियु कक्षामा मृत्यु भएको आफन्तले वताएका छन् ।
उनिवाट जन्मीएका जुम्ल्याह छोरा र छोरीको समेत केही समयमै मृत्यु भईसकेको उहाँले बताउनु भयो । सार्कीका यो भन्दा पहिला २ वटा सन्तान रहेका छन् । बाजुरामा गत साउन देखी यता २ जना सुत्केरी महिलाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय बाजुराका तत्थाङक अधिकृत रुगुम बहादुर थापाले बताउनु भयो । । हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिलाको ज्यान जानेक्रम रोकिएको छैन ।
कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख हुनु जस्ता कारणले हवाइ उद्धार कार्यक्रम पनि प्रभावकारी हुन सकेको छैन । नेपालीको औषत आयू ६९ बर्ष छ । तर, बाजुराका बासिन्दाको आयू ५९ बर्ष मात्रै छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरुको अवस्था झनै दर्दनाक छ ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने