मिन बहादुर खड्का काठमाडौं : स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया निरन्तर दिगो विकासको काममा व्यस्त छन् । गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएपछि रोकाया निरन्तर गाउँपालिकाका जनता संग जोडिएर काम गरिरहेका छन् ।
गाउँपालिकाले गर्ने विकास निर्माणका कार्यमा अध्यक्ष रोकाया दिगो विकासलाई प्राथमिकतामा राखेर काम अगाडी बढाईरहेका छन् । चुनाव अघि गाउँपालिका वासी संग गरेका चुनावी प्रतिबद्धता अनुसार नै काम गरिरहेको अध्यक्ष रोकायाको दाबी छ । गाउँपालिकामा शिक्षाको गुणस्तरमा सुधार, स्वास्थ्यमा गुणस्तर, निर्माण सुरु भएका सडकको स्त्तरोन्नती, संगै समग्रमा कृषि, पर्यटन, रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष रोकायाले बताएका छन् ।
आफ्नो पाँच वर्षको कार्यकाललाई उपलब्धिमुलक कार्यकाल बनाउने उदेश्यले जनता संग जोडिएर गाउँपालिका वासिको हित र पालिकाको समृद्धिको यात्रा तय गर्न आफू निरन्तर लागीपरेको अध्यक्ष रोकायाको भनाई छ । गाउँपालिकाको विकास र पालिका वासिको हितका लागि नै गाउँपालिका अध्यक्षमा आफुलाई पालिका वासिले निर्वाचित गराएको बताउदै अध्यक्ष रोकायाले आफ्नो पाँच वर्षको कार्यकाल समृद्ध स्वामिकार्तिक बनाउन नै खर्चिने दाबी समेत गरेका छन् । विकास निर्माणमा पालिका द्रुत गतिमा अगाडि बढिरहेको समेत अध्यक्ष रोकायाले दावी गरे ।
विकास निर्माणका क्रियाकलाप निरन्तर स्वामिकार्तिक गाउँपालिकामा सञ्चालन भैरहेका छन् । यसैबीच स्वामिकार्तिक खापर गाँउपालिका वडा नं. १ र २जोड्ने बाहुनी देखि रातापाखा हुँदै रूडी सम्मको मोटरेवल बाटो निर्काणका लागि शिलान्यास गरिएको छ ।
साविकको साप्पाटा गा वि.स.लाई गाँउपालिकाको केन्द्रसंग जाेड्न सबै भन्दा छाेटाे बाटो हुँने भएकाले बाहुनी देखि रातापाखा हुँदै रूडी सम्मकाे माेटरेवल बाटाे निर्मार्णकालागि शिलान्यास गरिएको स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरत रोकायाले बताएका छन् ।
उनका अनुसार बाहुनी देखि रूडीको बाटो निर्माणका लागि निकै अप्ठ्यारो रहेकाे छ। गाउँपालिका कार्यालय सम्म जोड्न सजिलो र छोटो हुँनेभएकाले यस वर्ष देखि बाटो निर्माण कार्यको शिलान्यास गरिएको अध्यक्ष रोकायाको भनाई छ । यो बाटो निर्माण पछि स्थानीयलाई आवतजावत सहज हुने उदेश्य सहित निर्माण कार्य अघि बढाईएको उनले बताएका छन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?