काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
नेपाललाई विशेष अदालतले एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो। यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो ।
घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्राउ गरेको थियो ।
सम्वन्धित समाचार
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा
सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु
बालेनलाई सांसद सिंहको चुनौती, हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काऊ
भारतको कुम्भ मेलामा जान लागेका एक कर्मचारीको गाडीको ठक्करबाट मृत्यु
सुनको भाउ एकैदिन एक हजार चारसय रुपैयाँले वृद्धि
गुमनाम पार्न खोजिएको १७ वर्षीय रेजिना नेपाली बलात्कार,हत्या प्रकरण : किन बोल्दैनन् दलित अधिकारकर्मी ? प्रहरी मौन