बाजुरा: नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको सदस्यमा मालती घटाला मनोनित भएकी छन्। लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको तेस्रो बैठकले घटालाई प्रेस युनियनको सदस्यमा मनोनित गरेको हो ।
युनियनका अध्यक्ष संगिता तिमिल्सेनाले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार मालती घटालालाई मनोनित गरिएको प्रेस युनियन बाजुराले जनाएको छ ।युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको प्रेस युनियनका सचिव रामबहादुर विकले बताएका छन् ।घटाला हाल कोल्टि स्थित रेडियो अपीमा कार्यरत छन् ।



सम्वन्धित समाचार
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च