बाजुरा: नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको सदस्यमा मालती घटाला मनोनित भएकी छन्। लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको तेस्रो बैठकले घटालाई प्रेस युनियनको सदस्यमा मनोनित गरेको हो ।
युनियनका अध्यक्ष संगिता तिमिल्सेनाले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार मालती घटालालाई मनोनित गरिएको प्रेस युनियन बाजुराले जनाएको छ ।युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको प्रेस युनियनका सचिव रामबहादुर विकले बताएका छन् ।घटाला हाल कोल्टि स्थित रेडियो अपीमा कार्यरत छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै