धनगढी । बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना भएको छ। काठमाडौंबाट बाजुरा आउँदै गरेको बस बिहीवार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ गैरेपेट्रोल पम्प नजिकै दुर्घटनामा परेको हो। काठमाडौंबाट बाजुरा आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपरसंग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित ३५ जना सवार थिए।
घाइतेहरुः
१. बस चालक कैलालीको चुरे गाउँपालिका ४ बस्ने ३९ वर्षीय कर्णबहादुर सावदको ९टाउको र कम्मरमा चोट०
२. रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयां बस्ने वर्ष ३४ को गिरिराज भुसाल ९टाउकोमा चोट०
३. कञ्चनपुरको बेलौरी नगरपालिका–१० बस्ने वर्ष २५ को सुनिल पाल ९टाउको र शरीरको बिभिन्न भागमा चोट०
४. रुपन्देही बुटवल उपमहानगरपालिका–४ बस्ने वर्ष १६ को सुजन बुरलाकोटी ९हात खुट्टामा चोट०
५. जिल्ला बाजुरा कोल्टी नगरपालिका–९ बस्ने वर्ष ४० कि ९महिला० राजु थापा ९बायां खुट्टाको तिघ्रामा चोट०
६. ऐ।ऐ। निजको छोरा बस्ने वर्ष अं। १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम ।
७. राजु थापाकी छोरा बर्ष ३ को सुनिल थापा ९हात खुट्टामा चोट०
८. जिल्ला नवलपुर देवचुली नगरपालिका–१२ गैडी बस्ने वर्ष ३२ को प्रकाश न्यौपाने ९टाउकोमा चोट० न्यौपानेलाई बुटवल चौराह हस्पिटल रुपन्देही तर्फ रिफर गरिएको छ।
९. जिल्ला बर्दिया मधुबन नगरपालिका–७ बस्ने वर्ष २५ को बिनोद थापा ९भित्री छातीमा चोट०
१०. जिल्ला नवलपरासी सुनवल नगरपालिका–८ बस्ने वर्ष ६३ को बलराम उबरकोटी ९बांया हातमा चोट०
११. ऐ।ऐ। बस्ने निजको छोरा वर्ष अं। ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम ।
१२।.बलराम उबरकोटीको छोरा वर्ष ३९ को भुपाल नेपाली ९दाहिने हातमा चोट०
१३. जिल्ला बाजुरा हिमाली गाउँपालिका–७ बस्ने वर्ष ६० कि टिकादेवी सन्याल ९टाउको र छाथिमा चोट० घाइतेहरुको देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भइरहेको डिएसपी रेशम बोहराले बताए। उक्त बस सुदुरपश्चिम व्यवसायी समितिको रहेको उनले बताए। यस्तै लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको घाइतेहरु
१४.जिल्ला बाजुरा बुढीनन्द नगरपालिका–१ बस्ने वर्ष ५१ को खडकराज गिरी ९दाहिने कुममा चोट््०
१५.खडकराजको श्रीमती वर्ष ४५ कि चन्द्र गिरी ९हात खुट्टामा चोट०
१६. जिल्ला बाजुरा दुर्गाथली गाउँपालिका–४ बस्ने वर्ष २९ को किशोर भण्डारी ९खुट्टामा चोट०
१७. जिल्ला बाजुरा गौमुल गाउँपालिका–६ बस्ने वर्ष १८ को महेश रोकाय ९दुबै हात खुट्टामा चोट०
टिपर चालक सुनवल–१० गैंडाखालका सुनिल दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य केही नभएको यात्रुहरुलाई बस समितिसंग समन्वय गरी अर्को बसमा राखी गन्तब्य तर्फ पठाइएको डिएसपी बोहाराले बताए। दुबै सवारी प्रहरी नियन्त्रणमा रहेको छ।



सम्वन्धित समाचार
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौँमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन हुने
जलवायु न्याय, समावेशिता र नेपालकाे प्राथमिकतामाथि युवाको वहस
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
बुढानिलकण्ठमा सवारी दुर्घटना : दुईको मृत्यु, तीन घाइते