खोज तथा उद्वार सम्बधि अभिमुखिकरण तालीम सम्पन्न



सिन्धुपाल्चोक । रीड नेपालको आयोजना तथा मेलम्ची नगरपालिकाको समन्वयमा खोज तथा उद्वार सम्बन्धि एकदिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ ।

सोमबार सुरु भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सिन्धुपाल्चोक विपदग्रस्त जिल्ला भएकाले पनि यहाँ विपदसंग सम्बन्धी धेरै सचेतनाका कार्यक्रम आवश्यक रहनुका साथै विपद जतिबेला पनि हुन सक्ने भएकाले पुर्वतयारीको लागी चनाखाे हुनुपर्ने बताइन ।

अभिमुखि कार्यक्रममा रीड नेपाल संस्थाका अध्यक्ष निरा शाक्यले सिकेका सिपलाई प्रयोगमा ल्याउन आग्रह गरिन । उँहाले विपदका बेला कसरी कार्यगर्ने, कस्तो भूमिका निर्वाह गर्ने भन्ने बिषयमा तालीम फलदायी हुने बिश्वास व्यक्त गर्नु भयो।

उक्त तालिममा मेलम्ची नगरपालिकामा नगरपालिकाका वडा अध्यक्षहरु, ७ वटा विद्यालयका इको क्लब, शिक्षक, विद्यार्थी र सामुदायिक वनका पदाधिकारी लगायतको सहभागीता रहेको रीड नेपालकी वातावरण अधिकृत सुशिला कडेलले जानकारी दिइन्  ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.