काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनीका लागि माघ २५ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक मेला संचालन हुने भएको छ । बिहीवार पत्रकार सम्मेलन गरेर २०२४ को क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको हो ।
नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले मेला गर्न लागिएको आयोगजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ ।

उक्त सम्मेलनमा बोल्दै क्यान महासंघका अध्यक्ष रणजितकुमार पोदारले माघ २५ गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औं क्यान इन्फोटेक मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने व्यवस्था गरेको र सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।
महासंघका अध्यक्ष पोदारले क्यान इन्फोटेक–२०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी रोबट’को वेटा संस्करण सार्वजनिक गरिने बताए ।



सम्वन्धित समाचार
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
आसन्न निर्वाचनमा करिव ३१ अर्ब खर्च हुने सरकारको अनुमान
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
घुससहित विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी पक्राउ
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा