काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनीका लागि माघ २५ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक मेला संचालन हुने भएको छ । बिहीवार पत्रकार सम्मेलन गरेर २०२४ को क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको हो ।
नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले मेला गर्न लागिएको आयोगजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ ।

उक्त सम्मेलनमा बोल्दै क्यान महासंघका अध्यक्ष रणजितकुमार पोदारले माघ २५ गतेबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औं क्यान इन्फोटेक मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने व्यवस्था गरेको र सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।
महासंघका अध्यक्ष पोदारले क्यान इन्फोटेक–२०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी रोबट’को वेटा संस्करण सार्वजनिक गरिने बताए ।



सम्वन्धित समाचार
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?
राज्य व्यवस्था समितिको सभापतिमा मंगलबार मनोनयन, ११ गते निर्वाचन
सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने स्थानीय तहलाई सम्मान गर्ने
संवैधानिक राष्ट्रिय युवा आयोग गठनको माग
भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त
सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा