काठमाडौं : सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी हो । २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ । बोर्डका अनुसार जनवरीमा भारतीय पर्यटक आगमन पहिलो स्थानमा छ । भारतबाट २४ हजार १ सय ३९ नेपाल भ्रमणमा आएका छन् ।
चीनबाट ७ हजार २ सय ६७ आएका छन् । अमेरिकाबाट ७ हजार ४७ नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ । चौथो नम्बरमा थाइल्यान्ड छ । त्यहाँबाट ४ हजार ६ सय १९ आएका छन् । त्यस्तै दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बंगलादेश ३ हजार ६ सय २९ र अस्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायत ३ हजार २ सय ७६, भुटान २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ पर्यटक आएका छन् । यो महिनामा कुल ८१ हजार ८ सय ९७ जना नेपालबाट विदेशिएका छन् ।
अनलाइन खबरले लेखेको छ



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै