बाजुरा : बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएसंग जाडो अत्याधिक बढ्को छ। जाडो बढे संगै त्यहाँको जनजिवन समेत प्रभावित भएको छ। बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा दोस्रो पटक हिमापात सुरु भएको हो । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको स्थानीयहरु बताउन्छन् । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर भएको छ ।
बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्र यो वर्ष कार्तिक अन्तीम साताबाट सेताम्बे हुने चुचुराहरु केहि बर्षदेखि भने माघको मध्यतिर पुगेर सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै बर्षा भइरहेको जानकारी प्राप्त भएको छ । बर्षा र हिमपात भएपछि वस्तुभाउ घाँस दाउराको समेत समस्या भएर जनजीवन नै कष्टकर बनेको स्थानीयले बताएका छन्।
हिमपातका कारण सदरमुकाम मार्तडी लगायतका बिद्यालयहरु समेत प्रभाबित भएका छन । चिसो संगै हिमपात भए पछि बिद्यालयबाट टाढा रहेका बिद्यार्थीहरुलाई आवत जावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको छ ।
लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने बर्षासँगै भारी हिमपात भएपछि खुशी भएका छन् । सिचाईको सुविधा नहुँदा गहुँ बाली लगाएपनि सक्न थालेका बाली बर्षा र हिमापता भएपछि राहत भएको भन्दै किसानहरु खुसी भएका हुन् ।
हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रशाद जैशीले बताएका छन् ।
हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टि सडकखण्डमा पर्ने बडिमालिका र बुढिनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने जीप सेवा प्रभावित भएको छ।



सम्वन्धित समाचार
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
बाजुरामा ११ घर बगायो, ७ घरमा क्षति, दुई दर्जन बढी संरचना उच्च जोखिममा
बाजुरामा जीप दुर्घटना २ को मृत्यु, १५ जना घाइते
धनगढीमा भीषण आगलागीबाट ८ सटर जलेर नष्ट
पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बनको पत्र प्रदेश सभा पुग्यो
उपमेयरसँग लफडा गर्ने प्रशासकीय अधिकृत पक्राउ