एजेन्सी– संयुक्त राज्य अमेरिकामा विदेशी विद्यार्थीहरुमाथि थप कडाई गरिने भएको छ । ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कडिकडाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको छ।
ती योजनाअन्तर्गत आइन्दा विदेशी विद्यार्थीहरूले सङ्घीय सरकारको अनुमति नलिईकन चार वर्षभन्दा बढी अमेरिकामा बस्न पाउने छैनन्।पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्न तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्न पनि अब निकै रोक लाग्ने छ।
हालसम्म अमेरिकामा उच्च अध्ययनका संस्थाहरूले विद्यार्थी भिसाको अवधि थपिदिने अधिकार पाएका थिए।
डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार यसले भिसाको जथाभावी दुरुपयोग रोक्ने, तथा नियमित निगरानीमार्फत् राष्ट्रिय सुरक्षा सुदृढ हुनेछ।
तर असोसिएशन अफ इन्टरन्याश्नल एजुकेटर्सले नयाँ नियमलाई अनावश्यक तथा गलत रूपमा निर्देशित भनेको छ।
यसअघि एफवन वर्गका विदेशी विद्यार्थी भिसा र जेवन एक्चेन्ज भिसा भएकाहरूलाई तिनको सो हैसियतको अवधिभरिका निम्ति भिसा जारी गरिन्थ्यो। त्यसको अर्थ उनीहरूले डिग्री हासिल नगरुन्जेल बस्न पाउँथे। नयाँ नियमले त्यसमा समयसीमा तोकिदिएको छ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै