काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएको छ ।
टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
‘टर्किसको जहाजका क्याप्टेनले उडेको ४ मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको खबर गरे,’ विमानस्थल महाप्रबन्धक सिटौलाले अनलाइनखबरसँग भने, ‘त्यसपछि टर्किस चालकदलले जहाजलाई पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेट होल्ड गर्यो ।’
टर्किस जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।
‘त्यसपछि हामीले दमकल, एम्बुलेन्स लगायत आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयार गरेर विमानस्थल बन्द गरिएको थियो । तर, टर्किस चालकदलले भारतको कोलकाता डाइभर्ट गरको छ ।’
‘अहिले टर्किसको त्यो जहाज कोलकतामा सुरक्षित अवतरण भइसकेको छ । विमानस्थल पनि सामान्य अवस्थामा सञ्चालनमा आइसक्यो छ।
टर्किसको ‘ए३३०-३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २ सय २५ यात्रु बोकेको थियो ।



सम्वन्धित समाचार
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मन्त्रिपरिषद्को बैठक बस्दै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने