काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ । आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो ।
सोमबार सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ । हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो ।
महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप