काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ ।
बुधबार बिहान ८ः४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणक्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ ।
उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको खबर छ ।
दुर्घटनास्थलमा ठूलो संख्यामा स्थानीय बासिन्दा, स्थानीय प्रशासन, एम्बुलेन्स तथा मेडिकल टोली र उद्धार टोली खटिएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।



सम्वन्धित समाचार
उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपात
सुनको मूल्य हरेक दिन नयाँ उचाइमा
प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा