काठमाडौं । आज पनि सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो ।
हिजो सोमबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो ।
त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ ।
आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।



सम्वन्धित समाचार
प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा
बाबुराम भट्टराईले गोरखा-२ बाट लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी