काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बैठक बसेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहभागी एक सदस्यले बताए ।
पछिल्लो सुरक्षास्थिति र आगामी निर्वाचनबारे परिषदमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिव रहने व्यवस्था छ ।



सम्वन्धित समाचार
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ