काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बैठक बसेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहभागी एक सदस्यले बताए ।
पछिल्लो सुरक्षास्थिति र आगामी निर्वाचनबारे परिषदमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिव सदस्य सचिव रहने व्यवस्था छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै