काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
एमालेबाट उम्मेदवार बनेका पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुवेरसिंह गुरुङले उम्मेदवार फिर्ताका लागि निवेदन दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयन फिर्ताको निवेदनमाथि आज दिउँसो निर्णय हुने मुख्य निर्वाचन अधिकृत कार्यालयले बताएको छ।
एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै