काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको हो । यो कीर्तिमानी मूल्य हो ।
आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर नाघेको छ ।
त्यस्तै चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । यस दिन महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै