काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको हो । यो कीर्तिमानी मूल्य हो ।
आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर नाघेको छ ।
त्यस्तै चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । यस दिन महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३२० रुपैयाँ बढी हो । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।



सम्वन्धित समाचार
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा