काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।
उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् । पुनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पठाएको बुझिएको छ ।
स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन् ।
पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने बताइएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै