पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट दिएको छ ।
यसअघि गत शनिबार बेलुका पाल्पा २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो ।
आइतबार एकल सिफारिस भएको रूपन्देही २ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा २ मा राम बहादुर राउतले टिकट पाएका थिए ।
‘बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल थियो । अहिले केहीबेरमा अध्यक्षले गैरेको टिकट लिएर आउनु भएको छ,’ घर्तीले भने ।
ठाकुर गैरेले पनि आफूले टिकट पाएको बताएका छन् ।
अघिल्लोपटक चुनाव जितेका ठाकुर गैरेलाई टिकट नदिएर ओली निकट राउतलाई टिकट दिइएको भन्दै एमाले नेतृत्वको आलोचना भएको थियो ।



सम्वन्धित समाचार
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
शिक्षामन्त्री पुनद्वारा राजीनामा
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल: रास्वपाबाट निर्वाचन लड्दै
सूर्य चिन्ह जिताउन लागौँ, समीक्षा चुनावपछि गरौँला: योगेश भट्टराई
मन्त्री गुप्ताले दिए राजीनामा