सूर्य चिन्ह जिताउन लागौँ, समीक्षा चुनावपछि गरौँला: योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले टिकट विवादको बहस छाड्न पार्टी पङ्क्तिमा आह्वान गरेका छन् । सोमबार एक भिडिओ सन्देशमार्फत उनले एमालेका उम्मेदवारलाई जिताउन लाग्न अपिल गरेका हुन् ।

सोमबार भिडियो सन्देश जारी गर्दै उनले सो आग्रह गरेका हुन् । आफ्नो लागि केही नमागेको भन्दै भट्टराईले अरू १० वटा जति क्षेत्रमा तोकिएको उम्मेदवारका कारण पार्टी कमजोर हुने अवस्था रहेकोले अन्तिम समयसम्म यसलाई सच्याउन भनेका हुन् । यद्यपि, ती कुन कुन क्षेत्र हुन् भनेर उनले खुलाएनन् ।

उनले भने, ‘मैले पार्टी केन्द्र सचिवालयको बैठकमा उम्मेदवारको छनोट सम्बन्धमा केही फरक धारणा राखेको छु । त्यो फरक मतको रूपमा पनि दर्ता गरेको छु । आज म त्यस विषयमा चर्चा गर्न चाहन्नँ । किनकि त्यसको अध्याय समाप्त भइसकेको छ ।’
उनले थपेका छन्, ‘ म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ । तर पार्टी अध्यक्षले सार्वजनिक ढङ्गले निर्णय गरेर पठाइसकेपछि अब म त्यसमा कुनै किचलो गर्ने वाला छैन ।’
उनले भने, ‘मैले पार्टी अध्यक्षलाई भनेको छु समीक्षा हुनुपर्छ । हामीले उम्मेदवार छनोट गर्दा न्यायसङ्गत ढङ्गले गर्‍यौँ कि गरेनौँ ? मापदण्डहरू बनायौँ कि बनाएनौँ ,  यसको समीक्षा निर्वाचन पछि गरौँला ।

भट्टराईले १६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा अहिले पनि उम्मेदवारलाई मिलाउन सकिने भए मिलाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

उनले महाधिवेशनमा आफूलाई सहयोग गर्‍यो कि गरेन भन्दा पनि फराकिलो छाती राखेर उम्मेदवारबारे पुनर्विचार गर्न अध्यक्ष ओलीलाई आग्रह गरे ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.