काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले टिकट विवादको बहस छाड्न पार्टी पङ्क्तिमा आह्वान गरेका छन् । सोमबार एक भिडिओ सन्देशमार्फत उनले एमालेका उम्मेदवारलाई जिताउन लाग्न अपिल गरेका हुन् ।
सोमबार भिडियो सन्देश जारी गर्दै उनले सो आग्रह गरेका हुन् । आफ्नो लागि केही नमागेको भन्दै भट्टराईले अरू १० वटा जति क्षेत्रमा तोकिएको उम्मेदवारका कारण पार्टी कमजोर हुने अवस्था रहेकोले अन्तिम समयसम्म यसलाई सच्याउन भनेका हुन् । यद्यपि, ती कुन कुन क्षेत्र हुन् भनेर उनले खुलाएनन् ।
उनले भने, ‘मैले पार्टी केन्द्र सचिवालयको बैठकमा उम्मेदवारको छनोट सम्बन्धमा केही फरक धारणा राखेको छु । त्यो फरक मतको रूपमा पनि दर्ता गरेको छु । आज म त्यस विषयमा चर्चा गर्न चाहन्नँ । किनकि त्यसको अध्याय समाप्त भइसकेको छ ।’
उनले थपेका छन्, ‘ म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ । तर पार्टी अध्यक्षले सार्वजनिक ढङ्गले निर्णय गरेर पठाइसकेपछि अब म त्यसमा कुनै किचलो गर्ने वाला छैन ।’
उनले भने, ‘मैले पार्टी अध्यक्षलाई भनेको छु समीक्षा हुनुपर्छ । हामीले उम्मेदवार छनोट गर्दा न्यायसङ्गत ढङ्गले गर्यौँ कि गरेनौँ ? मापदण्डहरू बनायौँ कि बनाएनौँ , यसको समीक्षा निर्वाचन पछि गरौँला ।
भट्टराईले १६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा अहिले पनि उम्मेदवारलाई मिलाउन सकिने भए मिलाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।
उनले महाधिवेशनमा आफूलाई सहयोग गर्यो कि गरेन भन्दा पनि फराकिलो छाती राखेर उम्मेदवारबारे पुनर्विचार गर्न अध्यक्ष ओलीलाई आग्रह गरे ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै