काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
गुप्ताले रास्वपाबाट सिराहामा टिकट पाउने पक्कापक्की भएसँगै राजीनामा दिन लागेको बताइएको छ ।
गुप्ता रास्वपाको गतिविधिमा लागेको भन्दै यसअघिदेखि नै उनले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा समेत गुप्ताले आफूले राजीनामा दिने बताएका थिए ।
उनले अब चुनावका लागि आफू होमिने बताए । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।



सम्वन्धित समाचार
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
मधेस आन्दोलनका सहिदप्रति बालेनले गरे माल्यार्पण
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता
विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन: खम्मबहादुर खाती
एमाले सचिवालय बैठक भोलि बस्दै, प्रत्यक्षतर्फका उम्मेदवारबारे निर्णय गरिने
देउवा पक्षका संस्थापन नेताहरू निर्वाचन आयोग जाँदै