काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिरहाको लहानस्थित मधेशी शहीद पार्क पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।
माल्यार्पण गर्दै उनले सहिदहरूप्रति शिर झुकाएर सम्मान व्यक्त गरेका थिए। उनले केही नबोले पनि मधेसप्रतिको सम्मान भाव व्यक्त गरेर गएको स्थानीयहरू बताउँछन्।
बिहानै मधेसी सहिद प्रतिमामा माल्यार्पण गरी उनले मधेसप्रतिको मोह र सम्मान प्रदर्शन गरेको छ।
बालेन हेर्न जम्मा भएको भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो। बालेनसंगै अमरेश सिंह पनि सहिद प्रतिमामा माल्यार्पण गर्न लहान आएका थिए।
२०६३ सालमा भएको विभेद विरुद्ध पहिलो मधेस आन्दोलनमा माघ ५ गते रमेश महतो पहिलो सहिद भएका थिए।
त्यसपछि चर्किएको आन्दोलनमा माघ ६ गते थप चार जना सहिद भएका थिए। पहिलो मधेस आन्दोलनको पाँचै जना सहिदको लहानमा प्रतिमा बनाइएको छ। हरेक माघ ५ गते मधेस बलिदानी दिवस मनाउँदै सहिदलाई सम्झिने गरिएको छ।विहान जानकी मन्दिरमा दर्शन गरेर बालेन टोली सिधै लहान पुगेको थियो।
आज दिउँसो १ बजे जनकपुरधाममा उनले उद्घोष सभालाई सम्बोधन गर्दै छन्।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै