काठमाण्डौ । नेपाली कांग्रेसका नेता खम्बहादुर खातीले गगन थापा तथा विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनले कानुनी वैधता नपाउने बताएका छन् ।
सानेपामा आयोजित पत्रकार सम्मेलनमा खातीले विधान नियमावली र निर्देशिका विपरीत काम भएकाले विशेष महाधिवेन भनेर गरिएको भेलाले गरेको निर्णय मान्य नहुने बताए ।
उनले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरु विशेष महाधिवेशनबाट बाहिरियाै भनेर हस्तक्षरसहित फर्किएको बताए । उनले आयोगले संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनेमा विश्वस्त रहेको बताए ।
पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने अवस्थामा चार वर्ष सकिएकाले अब चाँडै महाधिवेशन गर्नुपर्ने आवश्यकता रहेको खातीले बताए ।
पूर्वन्यायाधिवक्तासमेत रहेका खातीले विधानको एक धारामात्र नपढी सम्पूर्ण विधानका विषय अध्ययन गर्न सुझाएका छन् ।
उनले विशेष महाधिवेशन पक्षधरहरुको महाधिवेशन प्रतिनिधिको संख्या ५१ प्रतिशत पनि नपुगेको बताए । विधान विपरित गएर अधिवेशन बोलाइएको उनको भनाइ छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै