विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन: खम्मबहादुर खाती



काठमाण्डौ ।  नेपाली कांग्रेसका नेता खम्बहादुर खातीले गगन थापा तथा विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनले कानुनी वैधता नपाउने बताएका छन् ।

सानेपामा आयोजित पत्रकार सम्मेलनमा खातीले विधान नियमावली र निर्देशिका विपरीत काम भएकाले विशेष महाधिवेन भनेर गरिएको भेलाले गरेको निर्णय मान्य नहुने बताए ।

उनले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरु विशेष महाधिवेशनबाट बाहिरियाै भनेर हस्तक्षरसहित फर्किएको बताए । उनले आयोगले संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन, राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनेमा विश्वस्त रहेको बताए ।

पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने अवस्थामा चार वर्ष सकिएकाले अब चाँडै महाधिवेशन गर्नुपर्ने आवश्यकता रहेको खातीले बताए ।

पूर्वन्यायाधिवक्तासमेत रहेका खातीले विधानको एक धारामात्र नपढी सम्पूर्ण विधानका विषय अध्ययन गर्न सुझाएका छन् ।

उनले विशेष महाधिवेशन पक्षधरहरुको महाधिवेशन प्रतिनिधिको संख्या ५१ प्रतिशत पनि नपुगेको बताए । विधान विपरित गएर अधिवेशन बोलाइएको उनको भनाइ छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.