काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्ष आज निर्वाचन आयोग जाँदै छन् ।
नेपाली कांग्रेसभित्रको विवाद चरम अवस्थामा पुगेको छ। गत बुधबार गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि कांग्रेसभित्रको विवाद झनै चुलिएको हो।
गगन पक्ष आगामी निर्वाचनमा आफ्नो आधिकारिकता कायम गर्न हिजो (बिहीबार) निर्वाचन आयोग पुगेको थियो।
आज भने नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। स्रोतका अनुसार शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन्।
आजै दिउँसो २ बजे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन पनि आयोजना गरेका छन् ।



सम्वन्धित समाचार
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै
कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा