काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्ष आज निर्वाचन आयोग जाँदै छन् ।
नेपाली कांग्रेसभित्रको विवाद चरम अवस्थामा पुगेको छ। गत बुधबार गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि कांग्रेसभित्रको विवाद झनै चुलिएको हो।
गगन पक्ष आगामी निर्वाचनमा आफ्नो आधिकारिकता कायम गर्न हिजो (बिहीबार) निर्वाचन आयोग पुगेको थियो।
आज भने नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्। स्रोतका अनुसार शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन्।
आजै दिउँसो २ बजे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन पनि आयोजना गरेका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै