कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै



काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

विशेष महाधिवेशनबाट पार्टीको अलग्गै नेतृत्व चयनपछि खड्काले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

दिउँसो २ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा केन्द्रीय नेताहरूको पनि उपस्थिति हुने बताइएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.