काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोग जाँदैछ ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको हो ।
बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गर्दै केन्द्रीय कार्य समिति चयन गरेको थियो ।
नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन–विश्व समूह निर्वाचन आयोग जान लागेको हो ।
नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए । बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरु निर्वाचन आयोग जाने उनले बताए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।
संस्थापन पक्षले भने गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरुलाई पाँच वर्षका लागि कारबाही गरेको छ।



सम्वन्धित समाचार
कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता