काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोग जाँदैछ ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको समूह अभिलेख अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने भएको हो ।
बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गर्दै केन्द्रीय कार्य समिति चयन गरेको थियो ।
नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठक गरेपछि त्यसको निर्णयसहित गगन–विश्व समूह निर्वाचन आयोग जान लागेको हो ।
नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेको र त्यसबाट नयाँ नेतृत्व चयन गरेकाले अधिलेख अद्यावधिक गर्न आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले बताए । बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आफूहरु निर्वाचन आयोग जाने उनले बताए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन् ।
संस्थापन पक्षले भने गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरुलाई पाँच वर्षका लागि कारबाही गरेको छ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै