कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि निष्कासित गरेको छ ।

भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले २ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको एक नेताले बताए ।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति बैठकबाट निष्कासन गर्ने निर्णय गरिएको ती नेताले बताए ।

बैठकले विशेष महाधिवेशनमा गएकाहरूलाई फर्किनसमेत आग्रह गरेको छ ।

पार्टी विभाजन रोक्न भन्दै पछिल्ला दिनमा विभिन्न चरणमा नेताहरूबीच संवाद भएको थियो। मंगलबार मात्रै नेताहरूले तीन चरणमा छलफल गरेका थिए भने आज (बुधबार) बिहान पनि महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। तर, उक्त छलफलले कुनै निकास निकाल्न सकेन।

वार्ता निष्कर्षविहीन भएपछि विशेष महाधिवेशन पक्षधरले निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.