काठमाडौं । बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज ९ एन एएमडी) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपतकालीन ढोका खोल्दा उक्त उडान ढिलो हुन गएको छ।
उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।
हवाई सुरक्षा मापदण्ड अनुसार आपतकालीन ढोका खोलिएपछि जहाजको विस्तृत प्राविधिक परीक्षण गर्नुपर्ने व्यवस्था छ । जसका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ ।
प्राविधिक टोलीले पूर्ण परीक्षण गरी उडानका लागि सुरक्षित रहेको सुनिश्चित गरेपछि मात्र उक्त जहाजले पुनः उडान भर्नेछ ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमा मागेको छ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै