काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा आफैँ महामन्त्रीसँग छलफलमा जुटेका छन् । यसअघि दुवै पक्षका टोलीहरू बीच भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा भएको विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया नै अघि बढाएपछि र मंगलबार राति अबेरसम्म भएका सम्वाद सार्थक नभएपछि सभापति देउवा आफैँ छलफलमा जुटेका हुन् ।
सभापति देउवाले महामन्त्री थापा र शर्मालाई महाराजगञ्जस्थित निवासमा छलफलका लागि बोलाएका छन् ।
देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पनि पुगेका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै