दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा



काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा आफैँ महामन्त्रीसँग छलफलमा जुटेका छन् । यसअघि दुवै पक्षका टोलीहरू बीच भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा भएको विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया नै अघि बढाएपछि र मंगलबार राति अबेरसम्म भएका सम्वाद सार्थक नभएपछि सभापति देउवा आफैँ छलफलमा जुटेका हुन् ।

सभापति देउवाले महामन्त्री थापा र शर्मालाई महाराजगञ्जस्थित निवासमा छलफलका लागि बोलाएका छन् ।

देउवानिवासमा संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखक पनि पुगेका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.