काठमाण्डौ । निर्वाचन आयोगले २०८२ साल फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख १३ हजार पाँच सय कर्मचारीलाई परिचालन गर्ने भएको छ।
निजामती कर्मचारी तथा स्वयंसेवकसहित यति ठुलो संख्यामा कर्मचारी परिचालन गर्न लागिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए।
उनका अनुसार यो संख्यामा सुरक्षाकर्मीहरूको संख्या जोडिएको छैन। निर्वाचनमा निजामती कर्मचारी, विभिन्न संघ, संस्थाका कर्मचारी तथा स्वयंसेवक समेत परिचालन गर्न लागेका हौं ।
न्यौपानले भने, ‘पाँच सयसम्म मतदाता भएको मतदान केन्द्रमा प्रति मतदान केन्द्र आठ जना तथा पाँच सयदेखि एक हजारसम्म मतदाता भएको मतदान केन्द्रमा प्रतिमतदान केन्द्र नौ जनाको दरले कर्मचारी परिचालन गर्नेछौं।’
उनका अनुसार आयोगले फिल्डमा खटिने मतदान अधिकृतलाई आवश्यक परे तत्कालै स्वयंसेवक कर्मचारी भर्ना गर्न सकिने अधिकार दिएको छ। त्यस्ता स्वयंसेवक कर्मचारीले निर्वाचनमा खटिने अन्य निजामती कर्मचारीसरह भत्ता र सुविधा पाउने. व्यवस्था गरिएको न्यौपानले बताए।
निर्वाचनमा खटिने कर्मचारीलाई आवश्यक तालिम दिइने भएको छ। तालिमपछि उनीहरू फिल्डमा जानेछन्।
निर्वाचन आयोगले शनिबार आन्तिम मतदाताको सूची सार्वजनिक गरेको छ। जसअनुसार नामावलीमा ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष, ९२ लाख ४० हजार एक सय ३१ महिला र अन्य दुईदुई गरी जम्मा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता पुगेको आयोगले जनाएको छ।
आयोगका अनुसार २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार आठ सय ६, महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको संख्या एक करोड ७९, लख ८८ हजार पाँच सय ७० थियो।
२०७९ सालको तुलनामा २०८२ सालमा कुल मतदाताको संख्या नौ लाख १५ हजार एक सय १९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या पाँच लाख २२ हजार पाँच ५२, महिला मतदाताको संख्या तीन लाख ९२ हजार पाँच सय ५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि एक सय १४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।



सम्वन्धित समाचार
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष