विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय



काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सञ्चालन हुँदैछ। यसबिच सामाजिक सञ्जालमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भनेको छ।

भानु देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

अगाडि भनिएको छ, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ।’

विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको यो महाधिवेशनको बन्दसत्र आज महत्त्वपूर्ण चरणमा प्रवेश गर्दैछ।

बन्दसत्रले राजनीतिक प्रतिवेदन एवं नीति पारित गर्नुका साथै हलको म्यान्डेटअनुसार नयाँ नेतृत्व चयन गर्ने कार्यसूची रहेको बताइएको छ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.