काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदै छ।
काठमाडौंको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु गर्ने कार्यतालिका तय गरिएको हो।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभाष पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने छ।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बन्दसत्र शुरू हुनेछ । आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ । त्यसपछि ९ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीतिबारे छलफल हुनेछ ।
चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।
नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष