काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टीभित्र चलिरहेको बहस र विशेष महाधिवेशनलाई केवल झगडाका रूपमा नबुझ्न आग्रह गरेका छन्।
आज भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले यो सत्ता र शक्ति हत्याउने लडाइँ नभई पार्टीको विचार, मूल्य र मान्यता स्थापित गर्ने संघर्ष भएको प्रस्ट पारे।
‘धेरैलाई बाहिरबाट हेर्दा यो कांग्रेस भित्रको झगडाजस्तो लागिरहेको होला, तर यो झगडा होइन, संघर्ष हो,’ सम्बोधनका क्रममा थापाले भने, ‘यो पार्टीभित्रको सत्ता कब्जा गर्ने वा शक्ति हत्याउने संघर्ष होइन, यो विचारको संघर्ष हो, मूल्य र मान्यताको संघर्ष हो।’
महामन्त्री थापाले पार्टी नेतृत्वसँग आफ्नो व्यक्तिगत रिसइबी नभएको तर देश, नागरिक र जनभावनालाई बुझ्ने सवालमा सोचको भिन्नता रहेको बताए।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै