कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टीभित्र चलिरहेको बहस र विशेष महाधिवेशनलाई केवल झगडाका रूपमा नबुझ्न आग्रह गरेका छन्।

आज भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले यो सत्ता र शक्ति हत्याउने लडाइँ नभई पार्टीको विचार, मूल्य र मान्यता स्थापित गर्ने संघर्ष भएको प्रस्ट पारे।

‘धेरैलाई बाहिरबाट हेर्दा यो कांग्रेस भित्रको झगडाजस्तो लागिरहेको होला, तर यो झगडा होइन, संघर्ष हो,’ सम्बोधनका क्रममा थापाले भने, ‘यो पार्टीभित्रको सत्ता कब्जा गर्ने वा शक्ति हत्याउने संघर्ष होइन, यो विचारको संघर्ष हो, मूल्य र मान्यताको संघर्ष हो।’

महामन्त्री थापाले पार्टी नेतृत्वसँग आफ्नो व्यक्तिगत रिसइबी नभएको तर देश, नागरिक र जनभावनालाई बुझ्ने सवालमा सोचको भिन्नता रहेको बताए।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.